health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, १५ पुस । बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना रहेको जनाएका छन् ।
आलोकनगरस्थित नेकपा एसको केन्द्रीय कार्यालयमा पुगेका गौतमले पार्टी प्रवेशका लागि सर्तहरू राखेको जनाएका छन् ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरे पछि गौतमले भने, ‘पुराना कुरा स्मरण गरियो, नयाँ आकाशमा कसरी उड्ने भन्ने छलफल भयो, र पार्टीमा सँगै जाने बारेमा सकारात्मक कुरा भएको छ, हेरौँ अब के हुन्छ ?’
पार्टी कार्यकारी राष्ट्रपतिको एजेन्डामा जानु पर्ने, अभिव्यक्ति स्वतन्त्रता हुनु पर्ने तथा केन्द्रीय सदस्य पूर्णकालीन हुनु पर्ने लगायतका सर्त राखेको उनले जानकारी दिएका छन् । उनका अनुसार अध्यक्ष नेपालले पार्टी भित्र छलफल गरेर खबर गर्ने आश्वासन दिए पछि बैठक सकिएको थियो ।
नेकपा एसले तेस्रो मर्यादाक्रममा राखेर गौतमलाई पार्टी भित्र प्रवेश गराउने प्रयास गरिरहेको छ, त्यसैको सिलसिलामा उनी आज नेकपा एसको केन्द्रीय कार्यालय पुगेका हुन् ।