health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन्।
बुधवार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले कसैले पनि विकासमा राजनीति गर्न नहुने बताएका हुन्। ‘चुनाव लड्दा हामी आफ्नो पार्टीको झन्डा लिएर जान्छौँ,’ उनले भने, ‘चुनाव तिजतिसकेपछि विकासको मुद्दामा सबै मिलेर अगाडी बढ्नुपर्छ।’
उनले लोकतन्त्रको विकल्प अरू कुनै व्यवस्था हुन नसक्ने बताएका छन्। ‘लोकतन्त्र जनताका अधिकारको सुरक्षा गर्ने, स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था हो,’ उनले भने, ‘अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ। यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्छ। त्यसका लागि पनि स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण छ।’ उनले स्थानीय सरकारले सहज ढङ्गले जनतालाई सेवा प्रदान गर्नुपर्ने बताए।
‘हाँसेर बोली दिनुस्, आधा समस्याको समाधान त्यसबाटै भइहाल्छ,’ गृहमन्त्री लेखकले भने, ‘सेवा प्रदान गर्दा जनतालाई सबैभन्दा माथि राखेर काम गर्नुपर्छ।’
उनले देशमा विधिको शासन कायम गर्न सरकार पूर्ण रूपले लागि परेको बताए। ‘एमाले र काँग्रेस मिलेर सरकार बनेको छ,’ उनले भने, ‘सरकार देशमा स्थिरताका र सुशासन कायम राख्न बनेको हो।’