health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
बागलुङ । जिल्ला अदालत बागलुङले सहकारीको बचत ठगी आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
मङ्गलवार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले देवकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
शुक्रवार नयाँ दिल्लीबाट पक्राउ परेका नेपालीलाई आइतबार बागलुङ लगिएको थियो । बागलुङ प्रहरीले उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएकोमा बयानपछि आज थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको हो ।
इमेज बचत तथा ऋण सहकारी संस्थाका बागलुङका अध्यक्षसमेत रहेका नेपालीविरुद्ध बचत हिनामिना गरेको आरोपमा गत जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार भएका नेपालीविरुद्ध रेड कर्नर नोटिस पनि जारी भएको थियो ।
त्यस्तै सोही मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेपालीका दाजु ओमप्रसाद दर्जीलाई भने अदालतले १ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।
मेयर नेपालीमाथि दुई अर्ब बढी बचत रकम ठगीको आरोप छ । नेपालीले आफूसँग रहेको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।