health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
काठमाडौँ । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिवार बिहान ५: ४० बजे ड्यामको ढोका खोलिएको छ ।
कुलेखानीको ड्याम ३१ वर्षपछि जलाशय भरिएर खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो ।
नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रूपमा रहेको जलाशय शनिवार बिहान भरिएको थियो । जलाशयको भण्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी सङ्कलन गरिएको थियो ।
गत वर्ष कुलेखानी जलाशयमा एक हजार ५२६ मिटर मात्र पानी सङ्कलन भएको थियो ।
कुलेखानी जलाशय भरिएको अवस्थामा पानी खपत गर्न कुलेखानीका तीन वटै विद्युत् गृह सञ्चालन गरिएको छ। कुलेखानी जलविद्युत् आयोजनाबाट १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ । कुलेखानी ड्याम भरिएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सर्तक अपनाउन मकवानपुर प्रशासन कार्यालयले शुक्रवार बेलुका नै सूचना जारी गर्दै अनुरोध गरेको थियो ।
कुलेखानी जलाशयमा एक हजार ४८३ मिटर पानीको सतह अन्तिम विन्दु हो । एक हजार ४८३ मिटरसम्म पानीको सतह झरेपछि विद्युत् उत्पादन गर्न सकिँदैन ।
मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन,पालुङ, वज्रवराही, चित्लाङ एवं इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् ।
ग्याँस बुलेट बगायो
ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरू त्रसित बनेका छन् । अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध आइरहेको बताएका छन् । बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको स्थानीयले बताएका छन् ।
प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ ।