health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
काठमाडौँ । इजरायलले लेबनानमा हिजबुल्लाहको लक्ष्यमा हवाई आक्रमण जारी राखेको छ ।
इजरायलले शनिवार बिहान दक्षिणी बेरुतमा हिजबुल्लाहको स्थानमा हवाई आक्रमण गरेको थियो । इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै हिजबुल्लाहको मिसाइल इकाईका प्रमुख मोहम्मद अली इस्माइल आफ्नो आक्रमणमा मारिएको जनाएको छ ।
यसका साथै इजरायली आक्रमणमा मोहम्मद अली इस्माइलका सहायक हुसेन अहमद इस्माइल पनि मारिएका छन् । इजरायली सेनाले मोहम्मद इस्माइल इजरायलमा धेरै रकेट आक्रमणको पछाडि रहेको बताएको छ ।
यसअघि हिजबुल्लाहका मिसाइल र रकेट फोर्सका प्रमुख मोहम्मद काबिसी र अन्य धेरै शीर्ष कमान्डर पनि इजरायली आक्रमणमा मारिएका थिए । यसअघि इजरायलले शुक्रवार लेबनानमा ठुलो हवाई हमला गरेको थियो जसमा धेरै भवनहरूलाई निशाना बनाइएको थियो । आक्रमणमा धेरै भवनहरू ध्वस्त भएकाले भग्नावशेषबाट मानिसहरूलाई उद्धार गर्ने काम भइरहेकोले मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।
इजरायलले लेबनानका जनतालाई धेरै भवनहरू खाली गर्न निर्देशन दिएको चेतावनीपछि इजरायलले यो हवाई आक्रमण गरेको थियो । इजरायलले यी भवनहरू हिजबुल्लाहका मानिसहरूले प्रयोग गरिरहेको दाबी गरेको छ । इजरायली सेनाले शुक्रवार बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयलाई निशाना बनाएको थियो । यस आक्रमणमा धेरै अग्लो भवनहरू ध्वस्त भएका छन् ।
यी आक्रमणहरूको निशाना हिजबुल्लाह नेता हसन नसरल्लाह रहेको बताएका छन् । यद्यपि इजरायली सेनाले कसलाई निशाना बनाएको भन्ने बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ । विभिन्न रिपोर्टहरूले नसरल्लाहको अवस्था बारेमा अनेकौँ टिप्पणी गरे पनि उनको अवस्था बारे स्पष्ट जानकारी प्राप्त भएको छैन ।