Gyaan Ghar

Advertisement

 फरक आत्मा !

* रबी पौडेल ,दक्षिण भारत पाण्डेचरी
मानिसको आत्मा एउटै हुन्छ भन्थे
तर फरक हुँदो रहेछ हेर !
तिमी अकासबाट उड्यौ
म जमिनबाट गुडे
तिमी एक्सिडेन्ट् भयौ
म पनि एक्सिडेन्ट् भएँ
तिमी अन्तर्राष्ट्रिय एयरपोर्टमा
जलेर मर्याै
म सिमलतालकाे लेदोले बगाउँदा
त्रिशूली नदिमा डुबेर मरेँ
तिमी दुई घण्टा नहुँदै भेटियौ
म दुई हप्ता हुँदा पनि भेटिन सकिन्
तिम्रो परिवारमा रुवाबासी छ
मेरो परिवारमा पनि रुवाबासी छ
तर ,
तिम्रो महँगो टिकट थियो
त्यसैले
तिमिलाई आत्मसम्मान मिल्याे
आधा झन्डा झुकाइयो
तर ,
म सस्तो टिकट लिएको थिएँ
त्यसैले ,
सम्मान पाउन सकिन
आँसु एउटै हुन्छ भन्थे
तर ,,यहाँ आँसु पनि
फरक फरक हुँदा रहेछन्
चीत्कार एउटै हो भन्थे
तर ,
चीत्कार पनि फरक फरक हुँदा रहेछन् ।
आत्मा एउटै हुन्छ भन्थे
तर
आत्मा फरक फरक हुँदा रहेछन्
गरिबको आत्मा र
धनीको आत्मा पनि फरक फरक हुँदो रहेछ ।
त्यसैले ,
केही दिनको फरकमा
तिमी


दुवै मरेको हो
फेरि ,
तिमिले
आत्मा सम्मान पायौँ
मैले ,
आत्मा सम्मान पाउन सकिन्
आमा ,बुवा,दिदीबहिनी ,दाजुभाइ

इष्टमित्र
याे विभेदपूर्ण कानुनको विरोध गर्नु होला
उहीँ,
त्रिसुलीको आत्मा !

मिति :२५ जुलाई २०२४
साउन १० गते २०८१ बिहीबार ।

 

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...