Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
बुद्ध उपदेशले निराशा र पलायनको लागि प्रेरित गर्छ - Gyaan Ghar

Gyaan Ghar

Advertisement

बुद्ध उपदेशले निराशा र पलायनको लागि प्रेरित गर्छ

* डा.गोविन्दशरण उपाध्याय
संसार दुःखरहित छैन तर संसार केवल दुःख मात्र पनि छैन | जन्मको बखतमा जन्म लिँदै गरेको नवजात शिशुलाई दुःख सुखको कुनै वेदना भएको स्मरणमा रहेको भेटिन्न | मृत्यु त मृत्यु नै भयो | त्यसपछिको अनुभव कसैसँग हुँदैन | पुनर्जन्म मान्नेहरूले शास्त्रमा विश्वास गर्छन् | नमान्नेहरूका लागि दुःख र सुख दुवैको अन्त्य मृत्युसँग हुन्छ |
बुद्धले संसारलाई दुःखमय अनुभव गर्नु उनको निजी अनुभूति हो | यदि बुद्धले संसार सबैका लागि दुःखमय छ भन्छन्, यस्तो भनाई बुद्धमा बुद्धको पूर्वाग्रह झल्किन्छ | यदि संसारका हरेक मान्छेले आजीवन दुःख र दुःखको मुक्तिका लागि प्रयत्न मात्र गरिरह्यो भने पनि जीवनको कुनै पनि क्षणमा सुखको अनुभूति गर्न सक्दैन | यस्तो अवस्थामा निर्वाण होस् वा मृत्यु दुवै घटनाहरूले सु:ख वा आनन्दको प्रत्याभूति गर्न सक्दैनन् |
बुद्धले दुःख र दुःख मुक्तिका लागि ध्यान बाहेक अर्को कुनै विकल्प दिएनन् | बुद्धको दर्शनले तार्किक रूपमा हरेक मान्छेलाई दुःखबाट सधैँ डराउन र त्यसबाट मुक्तिको लागि अष्टान्गिक आर्य पथको कठोर साधना गर्ने विकल्प दियो |
अष्टान्गिक आर्य पथको कठोर साधनाको लक्ष निर्वाण भएको हुँदा निर्वाण नभएसम्म हरेक मान्छेले दुःख मुक्तिका लागि कठोर दुःख गर्नुको विकल्प रहँदैन | निर्वाण आफैमा रेगिस्तानमा परेको पानीको बूँद हो कि समुद्रमा मिसिएको पानीको बूँद बुद्ध आफैले कहीँ पनि प्रस्ट नपारेको हुँदा र महयानीहरूमा विवाद छ | यदि निर्वाण नै सुख हो भने मानव जीवनमा आनन्द वा सुख घटित हुने कुनै सम्भावना छैन | कठोर साधनालाई नै मध्यम मार्ग भन्दै साधना दुःखको अभ्यास गर्नु बाहेक मैले कुनै विकल्प देख्दिन |
बाइबलले हरेक मान्छेलाई जन्मँदै “पाप”को भारी बोकाएर जन्माउँछ | यसै गरी बुद्धको दर्शनले हरेक जन्म लिने प्राणीलाई दुःख कठोरतासँगै जन्मेको ठान्छ | जन्मे जतिकालाई पापी देख्नु र मान्छेको अस्तित्वलाई दुःखमय ठान्नु बुद्ध वा जिससको नजरिया हुन सक्छ र हुन मिल्छ तर संसारका सबै मान्छे पापी छन् भन्नु वा संसारमा दुःख बाहेक केही छैन भन्नु नै स्वस्वीकार्यताका विपरीत हो | स्वस्वीकार्यतामा निर्णय हुँदैन | उदाहरणका लागि गर्मीमा सूर्यका किरणहरूले पोल्छ भन्ने कुरामा कुनै विवाद छैन किनभने सबैको अनुभूत सत्य हो | तर बुद्धको अनुभूति सबैको होइन भन्ने तथ्य अस्वीकार गर्न मिल्दैन |
बुद्धले अनुरागलाई (Attachment) दुःखको प्रमुख कारण मानेका छन् | अनुराग दुःखको कारण पनि हुन्छ र अनुराग आफैमा सुखको कारण पनि हुन्छ | दम्पतीले बालकलाई जन्म दिएपछि अनुरागको विकल्प हुँदैन | अनुरागको अभाव हुँदासाथ नवजात शिशुको अस्तित्व नै सङ्कटमा पर्छ | दोस्रो, कुरा यही अनुराग हो जसले जीवनमा आशा जगाएर अगाडी बढ्न मदत गर्छ | संसारका “सबै काम गर तर अनुराग नगर” भन्न सजिलो छ तर व्यवहारमा सजिलो छैन | बुद्धत्व व्यक्तिको निजी अवस्था भएकोले यदि कसैले “सर्व सुखम् वा सर्व आनन्दम्” भन्ने उद्घोषणा गर्छ भने त्यसप्रति असहमति जनाउन मिल्दैन | यदि कसैले असहमति प्रकट गर्छ भने बुद्धको उपदेशको अवहेलना हुन्छ |
बुद्धको दृष्टिकोण सबैका लागि मान्य हुन्छ भन्ने छैन | जिसस वा श्रीकृष्णको चिन्तन पनि सबैका लागि मान्य हुन सकेका छैनन् | बुद्धको जन्मले नेपाल गौरवशाली भएको छ तर यसको अर्थ बुद्धका उपदेशहरू नेपालीका लागि अनिवार्य हुनुपर्छ भन्ने छैन | भगवान् बुद्धले स्थापित गरेको बौद्ध मार्गमा संसारलाई दुःखमय स्वीकार गरेर त्याग गर्नु बाहेक अर्को विकल्प छैन | बुद्धको बचाउमा धेरै लेख्न सकिएला तर “संसार दुःखमय छ”को अर्थ संसारमा सुखको कुनै पनि बूँद छैन भन्नु नै हो | मैले केही हिन्दु लेखक (जसले बौद्ध धर्म स्वीकार गरे वा बौद्ध साहित्यहरू पढेर अनुवाद गरे) कृष्ण र बुद्धको उपदेशमा समानता खोज्ने प्रयत्न गरेको देखिन्छ | हो, कहीँ कहीँ काकतालीका रूपमा बुद्ध र श्रीकृष्णका भनाइमा समानता भेटिन्छन् तर सार रूप लक्ष तथा व्यवहार नितान्त फरक छ |
सत्य लोक रिझाइका लागि लेखिन्न र बोलिन्न | व्यवहारमा हेर्ने हो भने बुद्धको उपदेश सुन्नेहरू मध्ये धेरैजसो घरबार त्यागेर जोगी भएको जातक र धम्मपदबाट बुझिन्छ भने श्रीकृष्णको उपदेश सुनेर एक जना पनि जोगी बनेर संसारबाट भागेको एउटा पनि उदाहरण छैन | धम्मपदको ब्राह्मण वर्गमा बुद्धले संसारलाई ब्राह्मण र श्रवणहरूका लागि अयोग्य बताएका छन् तर श्रीकृष्णले भने गीताको उपदेशमा भक्ति, ज्ञान तथा कर्मयोग मध्ये आफ्नो मौलिक प्रवृत्तिअनुसार स्वीकार गरेर निष्काम पूर्वक लौकिक कर्तव्यहरू पालन गर्ने वा नगर्ने स्वतन्त्रता दिएका छन् | यो तथ्य गीताको १८/६३ मा प्रस्टसँग पढ्न सकिन्छ |
धम्मपदको बाल वर्गको एउटा श्लोकको कुरा गरौँ | गाथा ६२ मा बुद्ध भन्छन् “मेरो छोरा, मेरो धन भन्छौँ तर आफ्नो त आत्मा पनि हुँदैन किन धन र सन्तानको कुरा गर्नु ?” व्यावहारिक जगत्मा यस्तो उपदेशले काम गर्दैन | यस्तो उपदेशले केवल निराशा र पलायनको लागि प्रेरित गर्छ | यदि संसारका सबै मान्छेले बुद्धको यो उपदेश आत्मसात् गरेर हिँड्ने हो भने गुम्बामा बसेर उपर्युक्त गाथाको अभ्यास गर्नेहरू नै भोकै मर्ने छन् | यदि बुद्धले अनुरागबाट निरपेक्ष रहनु भनेको भए धेरै उपयुक्त हुन्थ्यो | बौद्धाचार्य नागार्जुनले शून्यताको अर्थलाई “अस्ति”का रूपमा व्याख्या गर्नुको मूल मर्म नै निराशावादलाई अस्वीकार गर्नु थियो |

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...