health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकेले संसद् विघटन गरेका छन् ।
राष्ट्रपति दिसानायकेले आगामी नोभेम्बर १४ मा आम निर्वाचन गर्ने गरी संसद् विघटन गरेका हुन् । श्रीलङ्कामा पछिल्लो संसद् अधिवेशन अगस्ट २०२० मा बोलाइएको थियो । संसद् विघटन निर्धारित समयभन्दा ११ महिना अगाडि भएको छ ।
राष्ट्रपति चुनावको अभियानका क्रममा नै दिसानायकेले आफू विजयी भए तत्काल संसद् विघटन गर्ने स्पष्ट पारेका थिए । गत शनिवार भएको निर्वाचनको नतिजापछि राष्ट्रपति बनेका ५६ वर्षीय दिसायनाकेले संसद् भङ्ग गरेर निर्वाचनको मिति तोकेका हुन् ।
श्रीलङ्काको नवौँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेपछि उनले आफू लोकतन्त्र जोगाउन र नेताहरूको सम्मान पुनर्स्थापनाका लागि सक्दो प्रयास गर्ने विश्वास दिलाएका थिए ।
साथै उनले आफ्नो उद्देश्य देशलाई आर्थिक सङ्कटबाट निकाल्ने भएको बताएका थिए । उनले आफू जादुगर नभई आर्थिक सङ्कटबाट गुज्रिरहेको देशलाई उकास्ने सामूहिक दायित्वमा लाग्ने आफ्नो लक्ष्य रहेको बताए ।
उनले भनेका थिए-‘म जादुगर होइन । म यो देशमा जन्मेको एक आम नागरिक हुँ । मसँग क्षमता र असक्षमता छ । मलाई केही कुरा थाहा छ र केही कुरा थाहा छैन । मेरो पहिलो काम भनेको जनताको प्रतिभालाई सदुपयोग गर्नु र यो देशको नेतृत्व गर्न राम्रो निर्णय गर्नु हो । सामूहिक जिम्मेवारीमा योगदानकर्ता बन्न चाहन्छु ।’