health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातारको खराब प्रदर्शनले यसका समर्थकलाई निराश बनाएको छ । आइसिसी विश्वकप लिग-२ मा नेपालले लगातार पाँच खेलमा हार बेहोरेपछि अब टिममाथि नै प्रश्न उठ्न थालेको छ ।
हाल क्यानडामा जारी सिरिजमा नेपालले लगातार तीन खेलमा हार बेहोरेको छ भने आज चौथो खेल ओमानसँग खेल्दै छन् ।
यस सिरिजमा नेपालको मुख्य समस्या ब्याटिङमा देखिएको छ । नेपालका शिर्षक्रमका ब्याट्सम्यानहरूले आफ्नो जिम्मेवारी बुझ्न सकेको देखिँदैन । हरेक पटक उनीहरू गैर जिम्मेवारीपूर्वक आउट भएका छन् ।
पहिलो खेलमा कुशल भुर्तेल, कुशल मल्ल असफल भएपछि ल्याइएका अर्जुन साउद र अनिल शाहले निराश बनाएका छन् । अर्जुन साउद ओमानविरुद्ध ५ र क्यानडाविरुद्ध १२ रन बनाएर आउट भए ।
शीर्ष क्रमका ब्याट्सम्यान साउदले पछिल्ला ५ खेलमा गत अप्रिलमा आयरल्यान्ड ए विरुद्ध ३६ रन बनाएको नै सर्वाधिक रन हो । उनको क्लब र देशका लागि खेलेको खेलको विश्लेषण गर्ने हो भने पछिल्ला १० खेलमा उनले अर्ध शतक प्रहार गर्न सकेका छैनन् ।
त्यस्तै यस सिरिजमा दोस्रो खेलबाट अवसर पाएका अनिल शाहको प्रदर्शन पनि निराशाजनक रहेको छ । अनिलले यस सिरिजमा ओमानविरुद्ध ३ र क्यानडाविरुद्ध १ रन मात्र बनाए । नेपालका लागि टी-२० विश्वकप समेत खेलेका अनिलले तीन खेलमा ३८ रन बनाएका थिए । उनले खेलेका सबै फर्म्याटका पछिल्ला १० खेलमा उनले एक पटक वेस्ट इन्डिज ए विरुद्ध ५८ रन बनाएको बाहेक अन्य कुनै पनि इनिंग सम्झन लायक देखिन्न ।
यस सिरिजमा सबै भन्दा बढी निराश बनाएका खेलाडी हुन् भीम सार्की । नेपालका लागि एक दिवसीय खेलका स्पेस्लिष्ट खेलाडीको रूपमा हेरिएका सार्कीले पनि यस सिरिजमा निराशाजनक प्रदर्शन गरेका छन् । उनले पहिलो खेलमा क्यानडाविरुद्ध १८, ओमानविरुद्ध ११ र क्यानडाविरुद्धको दोस्रो खेलमा ४ रन मात्र बनाए ।
त्यस्तै कप्तान रोहित पौडेलको प्रदर्शन पनि निराशाजनक नै रहेको छ । ओमानविरुद्ध ६० रन बनाए पनि पहिलो खेलमा क्यानडाविरुद्ध ५ र दोस्रो खेलमा ४ रन बनाएर रोहितले आफ्नो क्षमताप्रति न्याय गरिरहेका छैनन् ।
त्यस्तै ओपनर कुशल भुर्तेलको ब्याट पनि लामो समय देखि मौन रहेको छ । उनी टी-२० विश्वकप देखि नै फ्लप रहेका छन् । विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ४ विकेट लिए पनि ब्याटिङमा केवल १३ रन बनाएका थिए । यस सिरिजमा क्यानडाविरुद्ध पहिलो खेलमा केवल १ रन बनाएका भुर्तेलले त्यसपछि खेल्ने अवसर पाएका छैनन् । विस्फोटक ब्याट्सम्यानको पहिचान बनाएका भुर्तेलको पछिल्लो १० खेलको उच्च स्कोर नै केवल १६ रन रहेको छ भने पाँच पटक त सिङ्गल स्कोरमै आउट भएका छन् ।
त्यसै गरी विकेट किपर ब्याट्सम्यान आसिफ सेखको पछिल्लो प्रदर्शन पनि निराशाजनक रहेको छ । उनले यस सिरिजमा क्यानडाविरुद्ध २० र २ रन बनाए भने ओमानविरुद्ध ११ रन मात्र बनाए ।
यसरी हेर्दा नेपालको लगातार हार हुनुमा शीर्ष क्रममा खेलिरहेका ब्याट्सम्यान नै जिम्मेवार देखिन्छन् । लगातार पाएको अवसरलाई सदुपयोग नगरेर नेपाली खेलाडीले समर्थकलाई निराश मात्र बनाएका छैनन् । आफ्नो र टिमको आत्मविश्वास समेत तोडेका छन् ।
खराब प्रदर्शनपछि अब क्यान, टिमका प्रशिक्षक मोन्टी देसाई र छनौट समितिमाथि पनि प्रश्न उठेको छ । विश्वकपमा गरेको खराब प्रदर्शनको जिम्मेवार को ? जितको नजिक पुगेर पनि जित हासिल नगर्दा समर्थकले मन जितेको भन्दै चित्त बुझाउने बाहेक न त क्यानले न त प्रशिक्षक र कप्तानले नै जवाफ दिए । बरु नयाँ खेलाडीलाई अवसर दिनुको साटो उनै खेलाडीलाई बोकेर क्यानडा उडियो, जसले विश्वकपमा निराश बनाएका थिए । आँकडाले पनि यी खेलाडी टिममा रहन लायक छैनन् नै भन्छ ।
एउटा खेलाडीले १०-१० पटक पाएको अवसरलाई सदुपयोग गर्दैन भने अझै उसलाई बोकेर कहिलेसम्म क्यान हिँड्छ ? यो प्रश्न क्रिकेट समर्थक र नेपाली क्रिकेटलाई माया गर्नेहरूको हो । तर यहाँ खेलाडीको क्षमतामा प्रश्न उठाइएको होइन, उनीहरूले आफ्नो क्षमता अनुसार किन खेलेनन् भन्ने मात्र हो । के पनि बिर्सनु हुँदैन भने यिनै खेलाडीले नेपाललाई विश्वकप सम्म पुर्याएका हुन् तर त्यो अब विगत बनिसक्यो ।
अब अगाडी बढ्न नयाँ खेलाडीलाई अवसर दिने समय आइसकेको छ । अहिले टिममा भएका खेलाडीलाई बाहिर राखेर उनीहरूलाई रि-डिफाइन गर्ने अवसर दिनुपर्ने समय आएकोप्रति क्यान र सम्बन्धित पक्ष सचेत हुन जरुरी छ ।