Gyaan Ghar

Advertisement

शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा


काठमाडौँ । शिक्षा दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्या भूषण तथा छात्रा पदक पाउनेको नाम घोषणा गरेको छ । भदौ ३१ गते सोमबार बसेको मन्त्री स्तरीय बैठकले पदक तथा विभूषणको छनोट गरेको हो ।

पदक र पुरस्कार दिने  घोषणा गरे पनि आर्थिक अभाव जनाउँदै पुरस्कार तथा पदक वितरणको भने टुङ्गो नलागेको मन्त्रालयले जानकारी दिएको छ ।

यस वर्ष त्रिभुवन विश्वविद्यालयको सामुदायिकतर्फ ललितपुर, चापागाउँको श्री जनभावना क्याम्पस र निजीतर्फ सोल्टीमोड काठमाडौँको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइसेन्स उत्कृष्ट ठहरिएका छन् ।

त्यसै गरी पोखरा विश्वविद्यालय मातहतको आङ्गिक क्याम्पसतर्फको उत्कृष्टमा कास्कीको स्कुल अफ बिजनेस चुनिएको छ । उत्कृष्ट बनेका ३ वटै क्याम्पसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ लाख ५० हजार रुपैयाँसहित पुरस्कृत गर्नेछ ।

विद्यालयतर्फ सामुदायिकतर्फ दाङको श्रीमावि तुलसीपुर सेन्टर र निजीतर्फ काठमाडौँ, टोखाको फलोरेसेन्ट मावि उत्कृष्ट हुँदै राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेका छन् ।

देशभरका सार्वजनिक विद्यालयमध्येबाट २०८० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा दाङ, तुलसीपुरको श्री मावि तुलसीपुर सेन्टरलाई उत्कृष्ट ठहर गरिएको मन्त्रालयले बताएको छ  । स्कुलले ३ लाख रुपैयाँ प्राप्त पाउनेछन् ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त नतिजाकै आधारमा मन्त्रालयले काठमाडौँ विश्व निकेतन माविलाई द्वितीय घोषणा गरेको छ । उक्त स्कुलले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो स्थानमा आएको दाङकै जनकल्याण माविले ३ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोसी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अ...
प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

काठमाडौँ । विभिन्न वामपन्थी सङ्गठनहरूको साझा सांस्कृतिक मोर्चा, प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन चैत्र २३ र २४ गते काठम...
इजरायलमाथि इरानको मिसाइल आक्रमण

इजरायलमाथि इरानको मिसाइल आक्रमण

काठमाडौँ । इरानले गए रातिदेखि इजरायलमा आक्रमण सुरु गरेको छ । गए राती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्याले...
हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भा...