Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न - Gyaan Ghar

Gyaan Ghar

Advertisement

पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न

पर्थ (अस्ट्रेलिया) । अस्ट्रेलियाकै सबैभन्दा ठुलो राज्य पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न भएको छ । नेपाली कला संस्कृति, परम्परा तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक राज्यमा हरेक दुई वर्षमा गैर आवासीय नेपाली सङ्घ अष्ट्रेलयाले नेपाल महोत्सवको आयोजना गर्दै आएको छ ।

पर्थ सहरको मुटु  सुप्रिम कोर्ट पार्कमा आयोजना गरिएको कार्यक्रममा करिब १२ हजार बढी नेपाली सहभागी भएका थिए । नेपाली कला संस्कृति झल्कने झाँकीसहित नेपाली पोसाकमा सजिएका हजारौँ नेपाली तथा स्थानीयवासीले करिब ५ किलोमिटर सहरी पदयात्रा गरेका थिए ।

एकाबिहानै निकालिएको पदयात्रालाई व्यवस्थित पार्न सयौँको सङ्ख्यामा स्वयंसेवक  स्थानीय प्रहरीले सुरक्षा प्रदान गरेको थियो । महोत्सवमा नेपाल हाउस अन्तर्गत राखिएको धरहरा, सगरमाथा, ढुंगेधारा, ढिकी, जाँतो, बौद्ध स्तुपा आकर्षणको केन्द्र बनेका थिए । यस्तै महोत्सव स्थलमा  नेपाली खानाका विभिन्न स्टलहरू समेत राखिएको थियो।

महोत्सवमा सहभागी पश्चिम अस्ट्रेलियाका नागरिकता, शिक्षा तथा बहु सांस्कृतिक मन्त्री टोनी बुटीले नेपाल कला संस्कृतिमा धनी भएको भन्दै अस्ट्रेलियालाई सफल बहु सांस्कृतिक देश बन्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

उनले बढ्दो नेपाली समुदायलाई शुभकामना दिँदै सांस्कृतिक विविधताबारे खुलेर प्रशंसा गर्दै सरकारको तर्फबाट सहयोग गर्ने बचनसमेत दिए । कार्यक्रमलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली सङ्घका केन्द्रीय अध्यक्ष बद्री केसीले यस फेस्टिभलले अस्ट्रेलियामा रहेका नेपालीहरूको सांस्कृतिक एकता र परिचयलाई बलियो बनाउँदै, नेपाली समुदायलाई एकत्रित गर्ने महत्त्वपूर्ण भूमिका निभाएको बताए ।

उनले नेपाली संस्कृति र परम्परालाई प्रोत्साहित गर्दै अस्ट्रेलियामा नेपाली पहिचानलाई यस्ता महोत्सवले मजबुत बनाउन मद्दत पुर्‍याएको दोहोर्‍याए ।

यस्ता कार्यक्रमले नेपाली समुदायलाई एकत्रित गर्ने मात्र होइन, प्रवासमा नेपाली संस्कृति र परम्परालाई प्रोत्साहित गर्ने महत्त्वपूर्ण भूमिका निभाएको दाबी गरे। अस्ट्रेलियाबाट सुरुवात भएको नेपाल फेस्टिभल सबै राज्यमा विस्तार भएको थाहा पाउँदा खुसी लागेको केसीले बताए ।

अध्यक्ष केसीले गैर आवासीय नेपालीहरूले प्राप्त गरेको नागरिकतामा केही समय समस्या आएको स्वीकार गर्दै नेपाल सरकारसँग यस विषयमा छलफल गरिसकेको जानकारीसमेत दिए । ‘नागरिकताको विषयमा केही समस्या देखिएको छ, आगामी गैर आवासीय नेपाली नेपाली दिवस अघि नै नागरिकतामा देखिएका समस्याहरू समाधान हुन्छ’, उनले भने ।

कार्यक्रम संयोजक तथा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष शेखर घिमिरेले कार्यक्रम सफल भएको दाबी गर्दै सबैको समान सहभागिता र मेहनतको प्रशंसा गरे । उनले फेस्टिभलले पश्चिम अस्ट्रेलियामा रहेका नेपालीहरूलाई आफ्नो सांस्कृतिक र ऐतिहासिक धरोहर सम्झन र मान्न एक अद्भुत अवसर प्रदान गरेको बताए।

कार्यक्रममा सहभागी हुन अस्ट्रेलियाका नेपाली राजदूतावासका प्रतिनिधि, वेस्टर्न अस्ट्रेलिया राज्य सरकारका अधिकारी, सिड्नीबाट न्यूसाउथवेल्सका महावाणिज्यदूत सञ्जीव शर्मा, एनआरएन क्षेत्रीय संयोजक दिनेश पोखरेल, सहसंयोजक कोमल पाठक, एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष विनोद कुँवर, आइसिसी सदस्यलगायत सहभागी थिए। यस्तै मेलबर्नबाट प्रवक्ता बबिन मिश्र लगायत सहभागी भएका थिए ।

यस्तै क्वीन्सल्याण्डबाट महासचिव सन्तोष कुँवर, डार्विनबाट सञ्जीव ढकाल लगायत नेपाली समुदायका विभिन्न अगुवाहरूको उपस्थिति थियो । नेपाल फेस्टिभलमा नेपालका चर्चित लोकदोहोरी गायक बद्री पङ्गेनी, गायिका आस्था राउत र शिव मुखियासहितको द एक्स ब्यान्डले दर्शकलाई रमाइलो मनोरञ्जन प्रदान गरेको थियो । नेपाल फेस्टिभल पर्थमा पहिलो पटक १० मिनेट लामो आतिशबाजीसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...