15
Sep
काठमाडौँ । अन्तरिक्ष स्टेसनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका साथी बुच विल्मोरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाटै राष्ट्रपति निर्वाचनमा मतदान गर्ने भएका छन् । स्पेस स्टेसनबाट पत्रकार सम्मेलन गरेका सुनिता र बुचले अमेरिकी चुनावमा अन्तरिक्षबाट मतदान गर्ने बताएका छन् । भोटिङ सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा बुचले भने, ‘आजबाटै भोटिङसँग सम्बन्धित निर्वाचन प्रक्रिया सुरु गरेको हो । यो महत्त्वपूर्ण कर्तव्य हो । नासाले हामी कसरी भोट गर्न सक्छौँ भनेर काम गरिरहेको छ ।' सुनिता विलियम सले आफू अन्तरिक्षबाट मतदान गर्न उत्साहित भएको बताइन् । ४०० किलोमिटर टाढा रहेको स्पेस सेन्टरबाट सुनिता र बुचले अमेरिकी चुनावमा मतदान गर्न हुलाक मतपत्रको…