Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
हसिनाविरुद्ध अहिलेसम्म ३१ मुद्दा दर्ता, राष्ट्रसङ्घको निगरानीमा छानबिन हुने - Gyaan Ghar

Gyaan Ghar

Advertisement

हसिनाविरुद्ध अहिलेसम्म ३१ मुद्दा दर्ता, राष्ट्रसङ्घको निगरानीमा छानबिन हुने


काठमाडौँ । बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध थप ९ वटा मुद्दा दायर गरिएको छ । नयाँ सरकार गठन भएदेखि अहिलेसम्म हसिनाविरुद्ध ३१ मुद्दा दर्ता भएका छन् । जसमा २६ हत्या, ४ नरसंहार र एक अपहरणका मुद्दा दर्ता भएका छन् ।

बङ्गलादेशको पत्रिका डेली स्टारका अनुसार हालसम्म हसिनाविरुद्ध न्यायाधिकरणमा चार वटा मुद्दा दर्ता भएका छन् । यी चार घटनामध्ये तीन वटा घटना पछिल्लो समय विद्यार्थी आन्दोलनमा भएको हिंसासँग सम्बन्धित छन् । मोहम्मद अबुल हसन नामका एक व्यक्तिले हसिनाविरुद्ध सोमबार नरसंहारको उजुरी दिएका थिए । अबुल हसनका छोरा शहरयार हसन अल्वी विद्यार्थी आन्दोलनका क्रममा मारिएका थिए । यसअघि कक्षा ९ का विद्यार्थी आरिफ अहमदका बुबाले पनि हसिनाविरुद्ध न्यायाधिकरणमा उजुरी दिएका थिए । आरिफलाई साउन ५ गते प्रदर्शनका क्रममा प्रहरीले गोली हानेको थियो । २ दिनपछि उनको मृत्यु भयो ।

न्यायाधिकरणका अधिकारी अताउर रहमानले उजुरी दर्ता गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

शेख हसिनाले सन् २०१० मा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) स्थापना गरेकी थिइन् । यो न्यायाधिकरण सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता आन्दोलनका क्रममा भएको हिंसाको छानबिन गर्न स्थापना गरिएको थियो ।

बङ्गलादेशको अन्तरिम सरकारले हसिना विरुद्ध परेका उजुरीहरूको सम्बन्धमा संयुक्त राष्ट्र सङ्घको निगरानीमा छानबिन गर्ने बताएको छ । अन्तरिम सरकारका कानुनी सल्लाहकार प्रा. आसिफ नजरुलले शेख हसिनालाई कमान्ड दिने जिम्मेवारी रहेको भन्दै विद्यार्थी आरक्षण आन्दोलनका क्रममा मृत्युमा उनको भूमिकाको छानबिन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...