health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
काठमाडौँ । अन्तरिक्ष यात्री सुनिता विलियम्स आफ्ना सहयात्री बुच विल्मोरसँग अन्तरिक्षमा फसेकी छिन् । उनी ५ जुनमा बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा सवार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) गएकी थिइन् । उनको मिसन १० दिनका लागि मात्र थियो तर स्टारलाइनरमा खराबीका कारण उनको फिर्ता रोकिएको छ र उनको आइएसएसमा बसाई अझै ६ महिनासम्म लम्बिने बताइएको छ ।
सुनिता र बुच अन्तरिक्षमा फसेको बारेमा विश्वभर चर्चा भइरहेको छ तर अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले दुवै सुरक्षित रहेको र आईएसएसको अनुसन्धान र मर्मत सम्भारमा सहयोग गरिरहेको बताएको छ । वरदा स्पेस इंडस्ट्रीजका संस्थापक र अध्यक्ष डेलियन एस्पारोहोभले सोचेभन्दा सात महिना लामो अन्तरिक्षमा रहेमा यसलाई आफूले निश्चित रूपमा फसेको भन्ने टिप्पणी गरेका छन् ।
यति मात्र होइन, सुनिता विलियम्सका अगाडि एउटा नयाँ समस्या खडा भएको छ । उनको दृष्टि धमिलो हुँदै गइरहेको छ । सुनिता विलियम्स माइक्रोग्रेविटीको लामो समयसम्म सम्पर्कमा रहँदा उनको आँखामा समस्या आएको बताइएको छ । नासाका अनुसार स्पेस स्टेसनमा बस्दा हुने यो समस्यालाई स्पेसफ्लाइट एसोसिएटेड न्युरो-ओकुलर सिनड्रोम भनिन्छ ।
यसले शरीरमा तरल पदार्थको वितरणलाई असर गर्छ, दृष्टि समस्या निम्त्याउँछ । यसले दृष्टि धमिलो हुन्छ र आँखाको संरचना पनि परिवर्तन हुन सक्छ । विलियम्सको आँखाको स्वास्थ्य थाहा पाउन उनको रेटिना, कोर्निया र लेन्स स्क्यान गरिएको नासाले बताएको छ ।