health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
काठमाडौँ । दोस्रो विश्वयुद्धपछि विदेशी सैनिक रुसी भूमिमा अहिले पहिलो पटक पुगेको छ । रुसको कुर्स्क क्षेत्रमा करिब दुई सातादेखि युक्रेनी सेनाको उपस्थिति रहेको छ ।
युक्रेनले रुसको कुर्स्क क्षेत्रमा रहेको रणनीतिक दृष्टिले महत्त्वपूर्ण अर्को पुल ध्वस्त पारेको दाबी गरेको छ । युक्रेनी सेनाले केही दिनअघि रुसको कुर्स्क क्षेत्रमा घुसपैठ गरेको थियो । युक्रेनी सेनाले आइतबार पुलमा भएको आक्रमणको भिडियो पनि सार्वजनिक गरेको छ । यो हमला झानोएको सेयाम नदी माथि गरिएको बताइएको छ ।
रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गर्न थालेको थियो । पछिल्लो समय रुसले पूर्वी युक्रेनका क्षेत्रहरूमा आफ्नो नियन्त्रण बढाउन क्रमशः अघि बढिरहेको छ । यस क्रममा युक्रेनी सेनाले रणनीतिक रूपमा रुसको कुर्स्क क्षेत्रमा कब्जा गर्न सुरु गरेपछि रुस-युक्रेन युद्धको परिदृश्य बदलिने विश्लेषण गर्न थालिएको छ । त्यसयता रुसले आफ्ना हजारौँ नागरिकलाई यस क्षेत्रबाट बाहिर निकालेको छ ।
युक्रेनी वायुसेनाका कमान्डर लेफ्टिनेन्ट जनरल मिकोला ओलेस्चुकले आक्रमणको भिडियो जारी गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अर्को पुल ध्वस्त भएको छ ।’
युक्रेनी सेनाको भिडियोमा पुलमाथि धुवाँको ठुलो मुस्लो र यसको केही भाग ध्वस्त भएको देखाइएको छ । यद्यपि यो आक्रमण कहिले भएको हो भन्ने खुलाइएको छैन ।
आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कुर्स्कमा सैन्य घुसपैठको उद्देश्य रुसी आक्रमणलाई रोक्न ‘बफर जोन’ बनाउनु रहेको बताएका छन् । युक्रेनले ध्वस्त गरेको यस पुलबाट रुसले त्यो आफ्ना सेनाहरूलाई आपूर्ति गर्न प्रयोग गर्ने गरेको बताइएको छ ।
यसअघि, युक्रेनी सैन्य विश्लेषकहरूले यस क्षेत्रमा तीन वटा त्यस्ता पुलहरू पहिचान गरेका थिए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार दुई वटा पुल या त ध्वस्त भएका छन् वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् । युक्रेनी सेनाले रुसी सीमाभित्र रहेको कुर्स्क क्षेत्रमा घुसपैठ गरेको झन्डै दुई सातापछि उनीहरू यहाँ बस्ने योजनामा रहेको स्पष्ट हुँदै आएको छ ।
जेलेन्स्कीले युक्रेनमा थप रुसी आक्रमणहरू रोक्न कुर्स्क आक्रमणमा बफर जोन सिर्जना गर्ने उद्देश्य रहेको स्पष्ट गरेका छन् । अर्को तर्फ रुसले यो घुसपैठलाई उत्तेजक भन्दै यसको उचित जवाफ दिने बताएको छ ।