Gyaan Ghar

Advertisement

प्रतिनिधिसभा बैठकमा टिआरसी विधेयक सवन्धी प्रतिवेदन पेस हुँदै


काठमाडौँ, २९ प्रतिनिधिसभाको बैठक बस्दै छ ।

 

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

 

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर सम्बन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।

 

बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ र शिक्षा स्वास्थ्य सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

 

कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

लेबनानमा पेजर विस्फोट कसरी गराइयो ?

लेबनानमा पेजर विस्फोट कसरी गराइयो ?

काठमाडौँ । लेबनानमा पेजरमा भएको शृंखलाबद्ध विस्फोटको विश्वभर चर्चा भइरहेको छ । १२ जनाको ज्यान गएको र करिब २८ सय घाइ...
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीक...
संविधानले सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गरेको छ- राष्ट्रपति पौडेल

संविधानले सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गरेको छ- राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारक...
रवि लामिछानेको प्रस्ताव- प्रदेश खारेज, वैशाख २५ गते पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन

रवि लामिछानेको प्रस्ताव- प्रदेश खारेज, वैशाख २५ गते पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रदेश खारेजको प्रस्ताव राखेका छन् । काठम...