02
Aug
काठमाडौँ । अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । हरेक नवजात आमाले आफ्ना बच्चाहरूलाई स्तनपान गराउँदा ध्यान दिनु पर्ने केही महत्त्वपूर्ण कुराहरू रहेका छन् । जस्तै नयाँ आमाको आहार, कुन बानी छोड्नुपर्छ, कस्ता शारीरिक र मानसिक समस्याको सामना गर्नु परेको छ भन्ने कुरा निकै महत्त्वपूर्ण हुन्छन् । जन्मको पहिलो दिनदेखि छ महिनासम्म बच्चालाई चाहिने सबै पोषक तत्त्व आमाको दूधमा पाइन्छ । त्यसैले, यो अवधिमा बच्चाहरूको लागि स्तनपान धेरै महत्त्वपूर्ण हुने विज्ञहरूले बताएका छन् । त्यसपछि ६ महिनादेखि १२ महिनासम्मको अवधिमा बच्चालाई चाहिने पोषक तत्त्वमध्ये आधा आमाको दूधबाट प्राप्त हुन्छ । यो समय हो जब बच्चाहरूलाई ठोस खाना…