Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
न्याय क्षेत्रलाई ऐना देखाउने गौशाला- २६ को निवेदन - Gyaan Ghar

Gyaan Ghar

Advertisement
Edit Content
Edit Content

न्याय क्षेत्रलाई ऐना देखाउने गौशाला- २६ को निवेदन


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सफाइ पाएपछि अब यो सरकारवादी मुद्दा सर्वोच्चमा अपिल हुने क्रममा रहेको छ । यसैबीचमा मुद्दाकी पीडित गौशाला- २६ ले शुक्रवार सरकारी वकिलको कार्यालयलाई एक हस्तलिखित निवेदन दिएर यो मुद्दा अब आफू लड्न नसक्ने र अगाडी नबढाउन आग्रह गरेपछि यो विषय फेरी चर्चामा रहेको छ ।

गौशाला- २६ को निवेदनपछि अब सरकारी वकिलको कार्यालयले यो मुद्दा सर्वोच्चमा लैजान्छ वा लैजाँदैन भन्ने प्रश्न त्यतिकै छन् भने उनको निवेदनले नेपालको समग्र न्याय प्रणालीलाई ऐना देखाएको घटनाको रूपमा लिन सकिन्छ ।

आखिर गौशाला- २६ ले किन मुद्दा अगाडी नबढाउन निवेदन दिइन् त ? यो प्रश्नको उत्तर उनको निवेदनमा त उल्लेख नै छ, साथसाथै उनको निवेदन नेपालको न्याय प्रणालीको नेतृत्व गरिरहेकाहरूलाई गिज्याएको र सोधेको प्रश्न पनि हो । गौशालाले निवेदनमा भनेकी छन्- ‘सम्मानित अदालतले आफ्नो फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै आफ्नो त्रासरहित एवं शान्तिपूर्ण जीवन जिउनु नै मेरो प्राथमिकता रहेकाले प्रस्तुत मुद्दाको कारबाही अगाडि नबढाउनु हुन निवेदन गर्दछु ।’

यी लाइनहरूबाट यो मुद्दा लड्ने क्रममा गौशाला- २६ ले भोगेको पिडा झल्किन्छ । उनले निवेदनमा भनेकी छन्- ‘यस मुद्दा दर्ता भए लगत्तैदेखि मेरो मानसिक एवं सामाजिक जीवनमा परेको अतुलनीय असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्धको भ्रमपूर्ण खबर र ममाथि दबाब फैलाउँदै आएका थिए ।’

गौशाला-२६ ले निवेदनमा उल्लेख गरेका यी लाइनले नेपालमा ‘न्याय’ पाउन सहज छैन भन्ने स्पष्टसँग बोल्दछ । चाहे न्याय क्षेत्रको नेतृत्व गरेकाहरू हुन् चाहे नीति निर्माणदेखि सरकारमा बस्नेहरू हुन गौशाला-२६ ले निवेदनमा उल्लेख गरे झैँ नेपालमा न्यायका लागि लड्दा कसरी जीवन अस्तव्यस्त हुन्छ भन्ने सजिलै बुझ्न जरुरी छैन र ? न्यायका लागि लडिरहेकी एउटा युवती मानसिक रूपमा दर त्रासमा बाच्नु पर्ने अवस्था कसले सिर्जना गर्‍यो ? यसको उत्तर राज्यले दिनुपर्छ की पर्दैन ? भन्ने प्रश्न गौशाला- २६ को निवेदनले सोझै सिंहदरबार तर्फ सोधेको छ ।

गौशाला २६ ले आफ्नो निवेदनमा कसैको दबाबमा आफूले जाहेरी नदिएको स्पष्ट गर्दै भनेकी छन्- ‘मैले कसैको दबाबमा जाहेरी दिएको थिइनँ, ऊ गलत भएकैले मैले निवेदन दिएको थिएँ । मेरो नियत जम्माजम्मी अरू कोही किशोरीले मैले जस्तो भोग्नु नपरोस् भन्ने थियो ।’

यति मात्र होइन प्रोपोगान्डा, मिडिया ट्रायल र अदालतको ढिला सुस्तीले कसरी कसैलाई ‘न्याय’ चाहिँदैन भन्ने अवस्थामा पुर्याउछ भन्ने पनि यो घटनाले देखाएको छ । उनले भनेकी छन्- ‘हरेक हप्ताको मुद्दा पेशीले म यति थाकिसकेँ कि जिन्दगीले मलाई कहाँ लाँदै छ भन्ने पनि थाहा छैन । अब म बाँच्न चाहन्छु त्रासरहित जिन्दगी, जहाँ मैले मेरो परिचय लुकाउनु नपरोस् । मान्छे बाँच्नको लागि पो लड्छ, आफूलाई हरेक दिन मारेर लडेको लडाइँ के लडाइँ ?’

गौशाला- २६ ले अब यो मुद्दा नलड्ने निर्णय लिएसँगै नेपालको न्याय क्षेत्रलाई अनगिन्ती प्रश्न तेर्साएकी छन् । उनको निवेदनपछि अब सरकारी वकिलको कार्यालयले यो मुद्दालाई अगाडी बढाउँछ वा बढाउँदैन, त्यो स्पष्ट छैन तर सरकारवादी मुद्दा भएकाले उनको निवेदनकै आधारमा अगाडी नबढ्ने भन्ने हुँदैन । सरकारी वकिलको कार्यालयले फैसलाको अध्ययन गरेर पुनरावेदन गर्ने आधार देखेमा महान्यायाधिवक्ता कार्यालयमा आफ्नो रायसहितको प्रतिवेदन पठाउने र सो आधारमा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदनको निर्णय लिने प्रक्रिया हुन्छ ।

प्रक्रिया जे होस् गौशाला- २६ ले न्याय प्रणालीलाई ऐना देखाउँदै अब मलाई ‘न्याय’ चाहिँदैन भन्ने आशयको निवेदनले समग्र न्याय प्रणालीलाई मात्र होइन, समाज, मिडिया र सरकारलाई समेत तिमीहरूले ‘न्याय’ दिन सक्दैनौँ भन्ने दरिलो जवाफ दिएको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...