Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
ओबामाले कमला ह्यारिशलाई किन गरेनन् समर्थन ? - Gyaan Ghar

Gyaan Ghar

Advertisement

ओबामाले कमला ह्यारिशलाई किन गरेनन् समर्थन ?


काठमाडौँ । जो बाइडेन राष्ट्रपतिको दौडबाट बाहिरिएपछि पूर्व राष्ट्रपति बराक ओबामाले एक विज्ञप्ति जारी गर्दै उनको प्रशंसा गरेका थिए । तर ओबामाले न त कमला ह्यारिसको नाम उल्लेख गरेका छन् न त उनको सम्पूर्ण वक्तव्यमा समर्थन नै गरेका छन् ।

ओबामाले आगामी पार्टीको नेशनल कन्भेन्सनमा आफ्नो पार्टीका नेताहरूले उत्कृष्ट नेता छान्ने आशा पनि व्यक्त गरेका छन् । ओबामाको भनाइपछि विभिन्न अड्कलबाजी सुरु भएको छ ।

बाइडेन राष्ट्रपतिको दौडबाट पछि हट्ने हो भने उनको स्थानमा डेमोक्र्याट पार्टीबाट मिशेल ओबामा राष्ट्रपतिको उम्मेदवार बन्न सक्छिन् भन्ने चर्चा केही समयअघि मिडियामा आएको थियो । तर, मिशेल ओबामाको कार्यालयले यी रिपोर्टलाई गलत घोषित गर्दै मिशेल ओबामाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने स्पष्ट पारेको छ ।

बराक ओबामाको राष्ट्रपतिको कार्यकालमा मिशेल ओबामा निकै लोकप्रिय थिएकी र उनको लोकप्रियता अझै कायम छ ।

बराक ओबामा, प्रतिनिधि सभाका पूर्व सभामुख र डेमोक्र्याट पार्टीका वरिष्ठ नेता न्यान्सी पेलोसीले पनि कमला ह्यारिसको नामलाई समर्थन गरेको घोषणा गरेकी छैनन् ।

मिडिया रिपोर्टका अनुसार डेमोक्र्याट पार्टीका धेरै नेताहरू कमला ह्यारिसले डोनाल्ड ट्रम्पलाई हराउन सक्षम छैनन् भन्ने बुझाई छ । यस्तो अवस्थामा अब सबैको नजर अगस्टमा हुने डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशनमा छ, जसमा पार्टीले राष्ट्रपतिको उम्मेदवारको औपचारिक घोषणा गर्नेछ ।

महाधिवेशन अगाडि नै राष्ट्रपतिको उम्मेदवारको नाममा पनि सहमति हुन सक्नेछ । राष्ट्रपतिको उम्मेदवारीका लागि अन्य कुनै नेताले उम्मेदवारी दिएमा महाधिवेशनमा पार्टीका ६ सय सदस्यको समर्थन प्राप्त गर्नुपर्नेछ ।

जब जो बाइडेनले डेमोक्रेटिक पार्टीको राष्ट्रपतिको उम्मेदवारीबाट फिर्ता लिने घोषणा गर्दै एक विज्ञप्ति जारी गर्दै कमला ह्यारिसको नामलाई समर्थन गरे । धेरै अन्य डेमोक्र्याट नेताहरूले पनि तुरुन्तै कमला ह्यारिसलाई राष्ट्रपतिको लागि समर्थन गरे ।

बाइडेन बाहेक पूर्व राष्ट्रपति बिल क्लिन्टन र पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले पनि कमला ह्यारिसलाई समर्थन गरेका थिए । साथै, पेन्सिल्भेनियाका गभर्नर जोश शापिरो, यातायात मन्त्री पीट बुटिगिग, सिनेटर क्रिस कुन्सले पनि कमला ह्यारिसलाई समर्थन गरे । भारतीय मूलकी काँग्रेस महिला प्रमिला जयपाल र ब्ल्याक डेमोक्र्याटका ब्ल्याक ककसले पनि कमला ह्यारिसको राष्ट्रपतिको उम्मेदवारीलाई समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...