health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज संसद्मा विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
सरकारलाई समर्थन गरेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आज नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।
संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेस र एमालेबिच नयाँ गठबन्धन बनाउने सहमति भएपछि प्रचण्ड नेतृत्वको तत्कालीन गठबन्धन भत्किएको थियो ।
प्रधानमन्त्रीले आफ्नो १८ महिने कार्यकालमा विश्वासको मत लिन लागेको यो पाँचौँ पटक हो । २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद्मा तेस्रो ठुलो दल बनेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए । एमालेसहित १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उनले पहिलो पटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा २७० जना सांसदमध्ये २६८ जनाको मत प्राप्त गरेका थिए । दुई जना सांसदले विपक्षमा मतदान गरेका थिए । उनलाई त्यति बेला प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले पनि विश्वासको मत दिएको थियो ।
विश्वासको मत लिएको करिब साढे दुई महिनापछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २०७९ साल चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यस बेला उनलाई प्रतिनिधिसभाको बैठकमा उपस्थित २६२ सांसदमध्ये काङ्ग्रेससहित १७२ जनाले विश्वासको मत दिएका थिए ।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले २०८० साल फागुन ३० गते काँग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यस बेला प्रतिनिधिसभा बैठकमा सहभागी २६८ सांसदमध्ये १५७ मत प्राप्त गरेका थिए ।
त्यसपछि जसपा नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०८१ साल जेठ ७ गते काङ्ग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबिच चौथो पटक विश्वासको मत लिएका थिए । त्यस बेला उनको पक्षमा १५७ मत प्राप्त भएको थियो ।
संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा (३) मा उपधारा (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ । संविधानअनुसार हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्यीय रहेको छ र बहुमतको लागि १३८ मत आवश्यक पर्दछ ।
विस २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको २७५ सिटका लागि भएको निर्वाचनमा काँग्रेसका ८९, एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपा नेपालका १२, एकीकृत समाजवादीले १०, जनमत पार्टीका ६, स्वतन्त्र पाँच जना, लोसपाका ४, नाउपाका ४, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा एक–एक सिटमा विजयी भएका थिए ।