health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । कञ्चनपुर जिल्लाको दोधारामा ६२४.० मिली मिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार बिहान ८: ४५ बजे गरिएको मापन अनुसार कञ्चनपुरको दोधारामा ६२४ मिली मिटर वर्षा भएको हो ।
विभागका अनुसार विस २००३ देखि यता नेपालमा भएको यो अहिलेसम्मकै सर्वाधिक वर्षा हो ।
विभागले जारी गरेको विज्ञप्ति:
यस वर्ष जेठ २८ (जुन १०) देखि पूर्वी नेपालबाट सुरु भएको मनसुन मिति २०८१/०३/१४ गते देखि २०८१/०३/२४ सम्म सक्रिय भएको थियो। यसै क्रममा सुदूरपश्चिम प्रदेशका दक्षिण-पश्चिमी भू-भागमा मिति २०८१/०३/२३ र २४ गते अति भारी वर्षा भएको थियो। मिति २०८१/०३/२४ गते बिहान ०८:४५ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा वर्षा केन्द्रमा ६२४.० मि.मि., हनुमान नगर वर्षा केन्द्रमा ५७३.६ मि.मि. र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मि.मि. वर्षा भएको थियो।
वायुमण्डलीय तथ्याङ्क, भू-उपग्रहबाट लिइएको तस्बिर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको प्रारम्भिक विश्लेषणबाट उक्त दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानमा रहेको भएता पनि सुदूरपश्चिम प्रदेशका दक्षिण-पश्चिमी भू- भाग आसपासको तल्लो वायुमण्डलमा न्यून चापीय प्रणाली विकसित भएको तथा उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यून चापीय रेखा सक्रिय रही अरब सागर तथा बङ्गालको खाडी दुबैबाट आउने जलवाश्पयुक्त हावा सो स्थानमा सम्मिश्रण भई अति भारी वर्षा भएको देखिन्छ।
यस विभागको वि.सं. २००३ (सन् १९४७) देखिको उपलब्ध तथ्याङ्क अनुसार दोधारा, हनुमान नगर र सुन्दरपुरमा मापन भएको माथि उल्लेखित वर्षा नेपालमा हाल सम्म मापन गरिएको सर्वाधिक वर्षा हो। यस अघि मिति २०७४/०४/२९ गते (सन् २०१७ अगस्ट १३) हेटौडा केन्द्रमा सबभन्दा धेरै ५१६.२ मि.मि. वर्षा मापन गरिएको थियो भने भू-संरक्षण विभागको तथ्याङ्क अनुसार मिति २०५०/०४/०५ गते (सन् १९९३ जुलाई २०) मकवानपुर जिल्लाको टिस्टुङ् वर्षा केन्द्रमा ५४०.० मि.मि वर्षा मापन गरिएको थियो।
यस मौसमी घटना सम्बन्धमा विभागले थप अध्ययन गरी जानकारी सार्वजनिक गर्नेछ ।