health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रवि लामिछानेले काम गर्न नसकेको आरोप लगाएका छन् । बुधवार पत्रकार सम्मेलन गर्दै डा. ढकालले सरकारमा गएर काम गर्न नसकेको विषय उठाएपछि विवाद भएको बताएका हुन् ।
आफूले पार्टी सभापतिको बारेमा प्रश्न उठेपछि आफूले जनतासँग कुरा गरेको बताउँदै ढकालले पार्टीलाई क्लबको जस्तो गरी चलाएको आरोप लगाएका छन् ।
उनले पार्टीलाई रवि लामिछानेको क्लबको रूपमा हाई ज्याक गरेर चलाइएको आरोप समेत लगाए । उनले रवि लामिछानेको क्लबबाट मुक्त गराउने बताए ।
ढकालले आफूलाई प्रचलित कानुन विपरीत कारबाही गरिएको बताउँदै राजनीतिक दलसम्बन्धी ऐन अनुसार स्पष्टीकरणको म्याद नै नसकिएको समयमा आफूलाई निलम्बनको पत्र थमाइएको जिकिर गरेका छन् ।
उनले स्पष्टीकरणको मौका नदिएर कारबाही गर्न पाइँदैन भन्दै निलम्बनको प्रक्रिया नमिलेको र आफू अहिले पनि पार्टीको महामन्त्री रहेको जिकिर गरेका छन् ।
आफूलाई उपसभापतिले निलम्बनको पत्र दिएको भन्दै त्यो नियम सम्मत नरहेको बताए ।