Gyaan Ghar

Home

Advertisement

नौबिसे-मल्खु सडक आजदेखि रातीमा बन्द गरिने


काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ ।

आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो । राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कार्य गर्न लागिएको नागढुङ्गा मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिएका छन् ।

नौबिसे नागढुङ्गा खण्डमा निर्माण हुँदै गरेको पुलको बिमलाई उचालेर पुलमा राख्न लागिएको र त्यस बेला हुनसक्ने जोखिमलाई मध्यनजर गरेर काम गर्न लागिएको उनले जानकारी दिए । गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको गडर लन्चिङ गर्न लागिएको छ । दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको छ ।

काम भइरहँदा सवारी साधन आवागमनमा बाधा पर्न जाने भएकाले सवारीको चाप नहुने समय (रातिको समय)मा काम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए। मिश्रका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधनलाई पूर्ण रूपमा रोकिनेछ ।

सम्पूर्ण चालकलाई आफ्नो लेनमा अनुशासन कायम राख्न र जथाभाबी ओभरटेक नगर्न जिल्ला प्रहरी कार्यालय धादिङले सूचना जारी गरेको छ । एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन पूर्ण रूपमा बन्द रहनेछ । राजमार्ग भएर यात्रा गर्ने सवारी साधनलाई वैकल्पिक मार्गको रूपमा गल्छी(विदुर–छहरेटोखा सडक प्रयोग गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।    

प्रतिक्रिया दिनुहोस

राजनीति

प्रलेसकाे ७३औँ परिसंवाद कार्यक्रम सम्पन्न

प्रलेसकाे ७३औँ परिसंवाद कार्यक्रम सम्पन्न

श्रावण ४, काठमाडौँ । ‘प्रकृतिको मानव सेवाको भूमिकाको आधारमा नै धर्मको विकास भएको’ प्रा.डा.बद्रिविशाल पोखरेलले बताए । प्रगतिशील ल...
बङ्गलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?

बङ्गलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?

काठमाडौँ । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण खारेजीको माग गर्दै भएको हिंसात्मक प्रदर्शन र झडपमा मङ्गलवारदेखि कम्...
बङ्गलादेशमा आरक्षण विरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

बङ्गलादेशमा आरक्षण विरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

काठमाडौँ । आरक्षण विरुद्ध चलिरहेको राष्ट्रव्यापी आन्दोलनमा बङ्गलादेशका विभिन्न भागमा हालसम्म कम्तीमा १९ जनाको मृत्यु भ...
आजदेखि महिला एसिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

आजदेखि महिला एसिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

काठमाडौँ । आज देखि महिला एसिया कप सुरु हुँदै छ । आजदेखि जुलाई २८, २०२४ सम्म श्रीलङ्काको डाम्बुलामा हुने महिला एस...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search