health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन न्यु पपुलर फ्रन्टका नेता जीन लुक मेलेन्सनले आफ्नो गठबन्धनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका छन् ।
हालै चार युरोपेली देश स्पेन, नर्वे, आयरल्यान्ड र स्लोभेनियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन् ।
आइतबार भएको दोस्रो र अन्तिम चरणको निर्वाचनमा नयाँ पपुलर फ्रन्टले १८२ सिटमा अग्रता लिएको छ र आगामी सरकारमा ठुलो भूमिका खेल्ने भएको छ । मेलेन्चोनले आगामी प्रधानमन्त्री नयाँ पपुलर फ्रन्टबाट हुने बताए ।
एक साताअघि भएको पहिलो चरणको निर्वाचनमा चरम दक्षिणपन्थी दल नेशनल र्याली बहुमततर्फ अघि बढे पनि गत आइतबार भएको दोस्रो र अन्तिम चरणमा भने तेस्रो स्थानमा झरेको थियो ।
राष्ट्रपति म्याक्रोनको केन्द्रवादी गठबन्धन दोस्रो स्थानमा आयो ।
फ्रान्सको संसदीय निर्वाचनको नतिजा सार्वजनिक भएपछि राजधानी पेरिसका केही स्थानमा हिंसात्मक प्रदर्शन भएको छ । उता वामपन्थी समर्थकहरूले आइतबार रातिदेखि पेरिसको सडकमा ठुलो सङ्ख्यामा विजयी जुलुस निकालेका छन् ।