Gyaan Ghar

Home

Advertisement

युरोकपको सेमिफाइनलको समीकरण पुरा


काठमाडौँ । जारी युरोकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । गए राती क्वाटर फाइनलका खेल सम्पन्न भएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुगो लागेको हो ।

२४ देशले भाग लिएको यस प्रतियोगितामा अब चार देश सेमिफाइनलमा पुगेका छन् । जसमा स्पेन, फ्रान्स, इङल्याण्ड र नेदरल्याण्डस रहेका छन् ।

स्पेनले क्वाटर फाइनलमा आयोजक जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुट आउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । त्यस्तै इङल्याण्डले पेनाल्टी सुट आउटमा स्वीजरल्याण्डलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने नेदरल्याण्डसले टर्कीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।     

अब सेमिफाइनलमा स्पेन र फ्रान्स तथा इङल्याण्ड र नेदरल्याण्डस खेल्ने छन् । अब सेमिफाइनलका खेल जुलाई १० र ११ मा हुने छन् भने युरोकपको फाइनल खेल जुलाई १५ मा हुने छ ।

सेमिफाइनल र फाइनल खेल नेपाली समय अनुसार राती १२: ४५ बजेदेखि सुरु हुने छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

प्रलेसकाे ७३औँ परिसंवाद कार्यक्रम सम्पन्न

प्रलेसकाे ७३औँ परिसंवाद कार्यक्रम सम्पन्न

श्रावण ४, काठमाडौँ । ‘प्रकृतिको मानव सेवाको भूमिकाको आधारमा नै धर्मको विकास भएको’ प्रा.डा.बद्रिविशाल पोखरेलले बताए । प्रगतिशील ल...
बङ्गलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?

बङ्गलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?

काठमाडौँ । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण खारेजीको माग गर्दै भएको हिंसात्मक प्रदर्शन र झडपमा मङ्गलवारदेखि कम्...
बङ्गलादेशमा आरक्षण विरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

बङ्गलादेशमा आरक्षण विरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

काठमाडौँ । आरक्षण विरुद्ध चलिरहेको राष्ट्रव्यापी आन्दोलनमा बङ्गलादेशका विभिन्न भागमा हालसम्म कम्तीमा १९ जनाको मृत्यु भ...
आजदेखि महिला एसिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

आजदेखि महिला एसिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

काठमाडौँ । आज देखि महिला एसिया कप सुरु हुँदै छ । आजदेखि जुलाई २८, २०२४ सम्म श्रीलङ्काको डाम्बुलामा हुने महिला एस...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search