Gyaan Ghar

Home

Advertisement

कमरेडको मन्त्र !

## रवि पौडेल ,दक्षिण भारत पाण्डेचरी

कमरेडको प्रमुख मन्त्र थियो
क्रान्तिकारिता !
पहिले,
जनमत तयार गर्नु
नेतृत्व हड्पनु
र अनि
सत्ता कब्जा गर्नु

जब सत्ता कब्जा हुन्छ
वा सत्तामा पुगिन्छ
अनि क्रान्तिकारी मन्त्र उत्तानो पर्छ
जब मन्त्र उत्तानो पर्छ
त्यसमा पानी पर्छ
भिज्छ र
च्यातिन्छ !

हो आज कमरेडको क्रान्तिकारी मन्त्र
दलाल राज्यसत्ता
विदेशी प्रभुसँग हजुरी
हाँ र जी !
मा
कुर्सी ,सत्ता र स्वार्थ  लुकेको छ ।

कमरेडको क्रान्तिकारी मन्त्र
परिवार
आफन्त र
झोले कार्यकर्ता सम्म मात्रै सीमित भएको छ ।

अपाङ्ग
असहाय
गरिब
सर्वहारा र
सर्वहारा अधिनायकत्व
अनि मजदुर किसानको विरुद्ध
क्रान्तिकारी मन्त्र चिप्लिएको छ
च्यात्तिएको छ।

चर्को भाषण
चर्का नारा
उघ्र रूप
विश्वासघात
बेइमानी
धोकामा
क्रान्तिकारिता
गाउँबाट सहर हुँदै
विदेशीको गुलामीमा
कमरेडको क्रान्तिकारी मन्त्र गुमेको छ !

उ क्रान्तिकारी थिएन
उ क्रान्तिकारी छैन

उ क्रान्तिकारी हुदैन्
स्पष्ट छ
क्रान्तिकारी आडम्बर
क्रान्तिकारीताकाे
उसले ,
दुरुपयोग गरेको छ ।

मिति :२५ जुन २०२४
११ असार २०८१

प्रतिक्रिया दिनुहोस

राजनीति

प्रलेसकाे ७३औँ परिसंवाद कार्यक्रम सम्पन्न

प्रलेसकाे ७३औँ परिसंवाद कार्यक्रम सम्पन्न

श्रावण ४, काठमाडौँ । ‘प्रकृतिको मानव सेवाको भूमिकाको आधारमा नै धर्मको विकास भएको’ प्रा.डा.बद्रिविशाल पोखरेलले बताए । प्रगतिशील ल...
बङ्गलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?

बङ्गलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?

काठमाडौँ । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण खारेजीको माग गर्दै भएको हिंसात्मक प्रदर्शन र झडपमा मङ्गलवारदेखि कम्...
बङ्गलादेशमा आरक्षण विरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

बङ्गलादेशमा आरक्षण विरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

काठमाडौँ । आरक्षण विरुद्ध चलिरहेको राष्ट्रव्यापी आन्दोलनमा बङ्गलादेशका विभिन्न भागमा हालसम्म कम्तीमा १९ जनाको मृत्यु भ...
आजदेखि महिला एसिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

आजदेखि महिला एसिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

काठमाडौँ । आज देखि महिला एसिया कप सुरु हुँदै छ । आजदेखि जुलाई २८, २०२४ सम्म श्रीलङ्काको डाम्बुलामा हुने महिला एस...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search