Gyaan Ghar

Advertisement

विद्यालयको कक्षा कोठामा पानी पसेपछि पठनपाठन अवरुद्ध


सञ्जय मिश्रा, रौतहट । रौतहटस्थित एउटा सामुदायिक विद्यालयको चौतर्फी पानी जमेपछि पठनपाठन अवरुद्ध भएको छ ।

जिल्लाको पूर्व भेग दुर्गा भगवती गाउँपालिका स्थित एक सामुदायिक विद्यालयको कक्षाकोठा भित्र बर्सातको पानी जमेपछि पठनपाठन अवरुद्ध भएको हो । कक्षाकोठासँगै वर्षाको पानी  विद्यालयको प्राङ्गणमा समेत जमेपछि अध्ययनरत बालबालिका लाई कठिनाइ भएको छ।

दुर्गा भगवती १ स्थित जनता प्राथमिक विद्यालयको कक्षाकोठा र प्राङ्गणमा समेत पानी जमेर विद्यार्थीहरू समस्यामा परेका हुन् । विद्यालय प्राङ्गणमा डेढ दुई फिटसम्म पानी जमेपछि बिस्तारै कक्षा कोठामा समेत छिरेपछि पठनपाठन प्रभावित भएको प्रधानाध्यापक मुकेश चौधरीले बताएका छन् ।

विद्यालय तथा विद्यालय प्राङ्गण भन्दा चौतर्फी जमिन अग्लो रहेकाले सामान्य बर्षाँ हुँदा पनि विद्यालयमा पानी जम्दै आएको प्रधानाध्यापक चौधरीको भनाई छ । कक्षा १ देखि ५ सम्म अध्यापन हुने उक्त विद्यालयमा करिब ३५० जना विद्यार्थी रहेका छन्।

बर्सातको मौसममा विद्यालयको चौतर्फी पानी जमेर विषालु सर्पको जोखिम भएको कारण केही दिनका लागि बिदा दिएर विद्यालय बन्द गरेको प्रधानाध्यापक चौधरीले जानकारी दिएका छन्। बर्सौँ देखिको विद्यालयको समस्या समाधान गर्न दुर्गा भगवती गाउँ पालिका सँगै  शिक्षा शाखालाई जानकारी गराउँदा पनि समस्या ज्युँ का त्युँ रहेको प्रधानाध्यापक चौधरीले गुनासो गरेका छन् ।

स्थानीय निकायले शिक्षा जस्तो समेदनसिल विषयमा गम्भीर नहुँदा सैयौं बालबालिकाको भविष्य अन्यौलता परेको अभिभावकहरूले गुनासो गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...