Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
भक्तपुरका विद्यार्थी धान रोपाइँमा व्यस्त - Gyaan Ghar

Gyaan Ghar

Advertisement

भक्तपुरका विद्यार्थी धान रोपाइँमा व्यस्त


भक्तपुर । सधैँ कक्षाकोठामा देखिने भक्तपुरको एउटा स्कुलका विद्यार्थी आइतबार फरक भूमिकामा देखिए । भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेस्ट इंगलिश स्कुलका विद्यार्थी नियमितको पढाई छाडेर  रोपाइँमा व्यस्त भएका हुन् ।
स्कुलको कक्षा कक्षा ४ का एक सय ९ जना छात्रछात्रा धान रोपाइँमा सहभागी भएका हुन् । उनीहरूले स्कुल नजिकैको स्कुलकै ४ आनाको क्षेत्रफलमा फैलिएको खेतमा रोपाई गरेका हुन् । ट्याङ्करबाट ल्याइएको पानीबाट उनीहरूले शिक्षक शिक्षिका तथा अन्य कामदारहरूको सहयोगमा धान रोपेका थिए । 
रोपाइँमा सहभागी विद्यार्थीहरूले सधैँ कक्षाकोठामा मात्रै बसेर पढ्दै  आएकोमा आइतबार अलि फरक रूपमा धान रोप्न पाएकोमा खुसी साटे । कक्षाकोठामा मात्रै बसेर होइन कि फिल्डमा पनि पुगेर सिक्ने मौका पाएकोमा असाध्यै खुसी लागेको छौ, उनीहरूले भने ।  प्रयोगात्मक अभ्यासले खेती गर्ने किसानको दुःख बुझ्ने मौका मिलेको उनीहरूको भनाई थियो । यसबाट धेरै कुरा सिकियो, उनीहरूले भने, हामीले खाने चामलको भातका लागि किसानले कति मिहिनेत गर्दा रहेछन् अनुभव गर्न पाइयो ।’ 

यसअघि ती विद्यार्थीले नै रोपाइँका लागि आवश्यक धानको बिउँ राखेका थिए । उनीहरूले धानको बिउँ राख्नेदेखि धान भित्राउनेसम्मको सम्पूर्ण काम गर्ने जानकारी स्कुलले दिएको छ । बिउँ छर्ने, धान गोड्ने, काट्ने, झार्नेदेखि भित्राउने सबै उनीहरूले नै गर्ने स्कुलले जनाएको छ ।

स्कुलकी शिक्षिका एवं धान रोपाई कार्यक्रमकी संयोजक सुनिता सुवेदीले धान रोप्ने कार्यक्रमको दिन अघि नै उनीहरूलाई पहिला नै कक्षाकोठामा जानकारी गराइएको जानकारी दिइन् । धान रोप्ने प्रक्रिया, तरिका, त्यसमा प्रयोग हुने सामानलगायतका विषयमा कक्षामा यसअघिका दिनहरूमा नै जानकारी गराइएको उनले सुनाइन् ।  धान रोप्न विद्यार्थी कोदालो, डाँंटेलगायतका सामाग्री लिएर खेतमा गएका थिए । 

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राज भण्डारीले स्कुले जीवनमै जीवनका विविध पक्काबारेमा व्यवहारिक ज्ञान दिन प्रत्येक वर्ष असारमा रोपाई कार्यक्रम गर्दै आएको जानकारी गराए । खेती किसानबारे बुझ्ने उमेर सुरु हुने भएकाले प्रत्येक वर्ष कक्षा चारका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउँदै आएको उनले जनाए । 
स्कुलले प्रत्येक वर्ष धान दिवस अर्थात् असार १५ का दिन विद्यार्थीलाई धान रोपाइँमा सहभागी गराउने गर्दै आएको जनाइयो । तर यो वर्ष असार १५ शनिवार परेकोले आइतबार धान रोपाई कार्यक्रम गरेको स्कुलले जनायो ।  
विद्यार्थीले रोपेको धान प्रत्येक वर्ष असार १५ को दिन स्कुलमा दही चिउरा खानका लागि आवश्यक मात्रामा कुटेर चिउरा बनाइन्छ । बाँकी धान भने दानको भावना जगाउन जिल्लास्थित मुनि विहार इनाचो भक्तपुरमा रहेका भन्तेहरूलाई खुवाउन विद्यार्थी दान गर्न पुग्छन् ।


प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...