health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । साउदी अरेबियाको प्रशासनले हज यात्रामा मारिएका व्यक्तिको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छ । साउदी प्रशासनका अनुसार हजका क्रममा १३०१ तीर्थयात्रीले ज्यान गुमाएका छन् । साउदी प्रशासनले चर्को गर्मी र अवैध यात्रालाई यसको कारण भनेको छ ।
गर्मीले कीर्तिमान तोडिरहेको र तापक्रम ५२ डिग्री सेल्सियस नजिक पुगेको बेला यस वर्षको हज यात्रा भएको हो । जुन १४ देखि १९ सम्म भएको हज यात्राका क्रममा मृत्यु भएका पाँच तीर्थयात्रीहरूमध्ये चारसँग वैध अनुमति नभएको र उनीहरू गर्मीमा आश्रय बिना हिँडिरहेको साउदी अरेबियाले बताएको छ । मृतकमध्ये केही वृद्ध र बिरामी समेत रहेका थिए ।
साउदी अरेबियाका स्वास्थ्य मन्त्री फहद अल-जलाजेलले यात्रुहरूलाई अत्यधिक गर्मीको खतरा र यसबाट कसरी बच्ने भन्ने बारे सचेतना जगाउने प्रयास भइरहेको बताए । स्वास्थ्य केन्द्रमा करिब पाँच लाख मानिसको उपचार भइसकेको छ, जसमध्ये १ लाख ४० हजार विना अनुमति यात्रा गर्ने व्यक्ति रहेको साउदी सरकारले बताएको छ ।
हज यात्राका क्रममा लगातार मृत्यु हुने र विशेष गरी अनुमतिबिना आउने मानिसलाई सुविधा नदिएको भन्दै साउदी अरेबियाको आलोचना भइरहेको छ ।
हज यात्रामा मारिनेमा सबैभन्दा बढी इजिप्टका छन् । इजिप्टका अहिलेसम्म ६५८ हज यात्रीको मृत्यु भएको बताइएको छ ।