health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, असार २ । प्रकृतिसँग रमाउँदै साहित्यिक पदयात्रालाई निरन्तरता दिँदै आएको अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)को छैठौ यात्रा सम्पन्न भएको छ । असार १ गते बुढानीलकण्ठबाट सुरु गरेको यात्रा डाँडागाऊ हुँदै विष्णुद्वार सम्म पुगेको थियो ।
नयाँ र पुराना पुस्ताहरूलाई सँगसँगै प्रगतिशील यात्रामा समावेश गर्दै जाने उद्देश्यका साथ जारी साहित्यिक पदयात्रा उत्साहपूर्वक सम्पन्न भएको पदयात्रीहरूको धारणा छ । ३१ जना सृष्टाहरु सहभागी भएको पदयात्रामा विभिन्न कविता, गीत, नृत्य लगायतका प्रस्तुतिहरू समावेश गरिएका थिए । गितार, मादल, बाँसुरी लगायतका वाद्यवादनहरूका साथ पदयात्रीहरूले दिनभरिमा १५ किलोमिटरको यात्रा पुरा गरेका थिए ।

साहित्यिक पदयात्रा भाग ६ मा समीर सिंह, गिरी प्रसाद बुढा, हेमराज आश्रम, घनश्याम न्यौपाने, भीष्म जोशी, मदन पाण्डे, मेष्मा पुन, कविता चौधरी, समष्टि बुढा, पियारी थापा, इसु भट्ट, सङ्घर्ष न्यौपाने, दिव्यमोहन जि.सी., सुप्रभात कार्की, सुहेमराज पुन, रागिनी खत्री, नेत्र राना, मानबहादुर विश्वकर्मा, मुना तामाङ, शर्मिला मोक्ताङ, प्रतिभा शर्मा, दिपा नेपाल, प्रज्ञान पौडेल, आकृति सेन्चुरी, साहुज्या बुढाथोकी, आयुष समाल, सुरज बुढाथोकी, शिशिर पोख्रेल, कुनाल रामदान लगायतको सहभागिता रहेको थियो ।
साहित्यिक पदयात्रामा आश्रम पाठशालाका विद्यार्थीहरूबाट समेत गीत तथा नृत्यहरू प्रस्तुत गरिएको थियो ।





