Gyaan Ghar

Advertisement

दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जान्छौं- कप्तान रोहित


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जनाए बताएका छन् ।

दक्षिण अफ्रिकाविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले सुपर आठमा छनौट हुन दक्षिण अफ्रिका र बङ्गलादेश दुवैलाई जित्नुपर्ने अवस्था रहेको बताउँदै दक्षिण अफ्रिकाविरुद्ध खेल्न उत्साहित रहेको बताएका छन् । 

उनले दक्षिण अफ्रिकाले राम्रो क्रिकेट खेलिरहेको बताउँदै वेस्ट इन्डिजको कन्डिसन बारे आफूहरू स्पष्ट नभएको बताउँदै कप्तान रोहितले आफूहरूले कन्डिसन एडप्ट गरेर खेल्ने बताए । उनले वेस्ट इन्डिजमा पनि ब्याट्सम्यानलाई रन बनाउन गराउन गाह्रो हुने बताए ।

रोहितले दक्षिण अफ्रिकाको खेलमा १६० रन बनाउन सके राम्रो टोटल हुने बताउँदै सन्दीपको आगमनले नेपालको बलिङ युनिट राम्रो भएको बताए ।

आफूहरू दक्षिण अफ्रिकासँग जित्ने मनसायले नै मैदानमा जाने बताउँदै सबै खेलाडी उत्साहित रहेको बताए । रोहितले स्किल दक्षिण अफ्रिकाको राम्रो भए पनि हामीले हाम्रो उत्कृष्ट खेल खेलेमा दक्षिण अफ्रिकालाई हराउन सकिने बताए । उनले टेस्ट क्रिकेट खेल्ने देशलाई हराउन एक दुई जनाको प्रदर्शनले जित नसकिने बताउँदै उनले सबै खेलाडीले एक टिम भएर खेल्नुपर्ने बताए ।

नेपाली फ्यानले नतिजा जस्तो आए पनि समर्थन गरिरहेको बताउँदै रोहित आफूहरूले भविष्यमा पनि लगातार समर्थन पाउने विश्वास व्यक्त गरे ।

नेपालले समूह डी अन्तर्गत दक्षिण अफ्रिकासँग भोलि बिहान ५: १५ बजेदेखि खेल्दै छ । यो खेल वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आरनोस भाल स्टेडियममा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...