health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको दोहोराएका छन् ।
एमाले चितवनको नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन शुक्रवार चितवन आएका ओलीले रामको जन्म चितवन भएको दोहोर्याएका हुन् ।
उनले भने- ‘अहिले पनि ठानिरहेका छौँ, रामको जन्म यही चितवनको माडी हो । शास्त्रले जित्ने गरी भनेको छ, मैले भनेको होइन। रामायणमा प्रशस्त प्रमाण भेटिन्छन् ।’
यस अघि ओलीले २०७औँ भानु जयन्तीको अवसरमा २०७७ असार २९ मा विभिन्न किंवदन्तीमा उल्लेख गर्दै रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको बताएपछि यसको चर्चा सर्वत्र भएको थियो ।
रामको जन्मभूमि भारतको उत्तर प्रदेशमा रहेको अयोध्यालाई मानिँदै आएको भए पनि आलीले भने माडीमा भएको दाबी गर्दै आएका छन् । माडीमा मन्दिर बनाएर कोरोना महामारीका बिच ठुलो तामझामसहित काठमाडौँबाट मूर्ति चितवनसमेत ल्याइएको थियो ।