health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । नरेन्द्र मोदीले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन एनडीएबाट आज सरकार गठनको दाबी पेस गर्ने तयारी गरेका छन् ।
हालै सम्पन्न लोकसभा निर्वाचनमा एनडीए गठबन्धनको २९३ सिट हासिल भएसँगै आज सरकार गठनको दाबी पेस गर्ने तयारी गरेका हुन् ।
त्यसपछि आजै एनडीए गठबन्धनको बैठक बस्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । बैठकले नरेन्द्र मोदीलाई गठबन्धनको नेता चयन गर्न लागेको छ । मोदी नेता चयन भएसँगै गठबन्धन दलको पत्रसहित आजै सरकार गठनको दाबी पेस गर्ने छन् ।
५४३ सदस्यीय लोकसभामा एनडीएले २९३ सिटमा जित हासिल गरेको छ । जसमा भाजपाले २४०, आन्ध्र प्रदेशका चन्द्र बाबु नायाडूको टिडीपीले १६, बिहारका नितिश कुमारको पार्टी जेडीयुले १२, शिवसेनाले ७ र अन्यले १८ सिटमा जित हासिल गरेका छन् ।
त्यस्तै विपक्षी दलको इन्डिया गठबन्धनले २३४ सिटमा जित हासिल गरेको छ । जसमा भारतीय नेशनल काँग्रेसले ९९ , अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीले ३७, ममता बेनर्जी नेतृत्वको टिएमसीले २९, डीएमकेले २२ र अन्यले ४७ सिट जितेका छन् । त्यस्तै दुवै गठबन्धनमा नलागेका र स्वतन्त्रसहित अन्य १६ जनाले जितेका छन् ।