Gyaan Ghar

Advertisement

एनडीए गठबन्धनले मोदीलाई नेता चयन गर्दै, आजै सरकार बनाउने दाबी पेस गर्ने

काठमाडौँ । नरेन्द्र मोदीले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन एनडीएबाट आज सरकार गठनको दाबी पेस गर्ने तयारी गरेका छन् ।

हालै सम्पन्न लोकसभा निर्वाचनमा एनडीए गठबन्धनको २९३ सिट हासिल भएसँगै आज सरकार गठनको दाबी पेस गर्ने तयारी गरेका हुन् ।

त्यसपछि आजै एनडीए गठबन्धनको बैठक बस्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । बैठकले नरेन्द्र मोदीलाई गठबन्धनको नेता चयन गर्न लागेको छ । मोदी नेता चयन भएसँगै गठबन्धन दलको पत्रसहित आजै सरकार गठनको दाबी पेस गर्ने छन् ।

५४३ सदस्यीय लोकसभामा एनडीएले २९३ सिटमा जित हासिल गरेको छ । जसमा भाजपाले २४०, आन्ध्र प्रदेशका चन्द्र बाबु नायाडूको टिडीपीले १६, बिहारका नितिश कुमारको पार्टी जेडीयुले १२, शिवसेनाले ७ र अन्यले १८ सिटमा जित हासिल गरेका छन् ।

त्यस्तै विपक्षी दलको इन्डिया गठबन्धनले २३४ सिटमा जित हासिल गरेको छ । जसमा भारतीय नेशनल काँग्रेसले ९९ , अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीले ३७, ममता बेनर्जी नेतृत्वको टिएमसीले २९, डीएमकेले २२ र अन्यले ४७ सिट जितेका छन् । त्यस्तै दुवै गठबन्धनमा नलागेका र स्वतन्त्रसहित अन्य १६ जनाले जितेका छन् ।
       

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...