Gyaan Ghar

Advertisement

छुट्टिएका सबैजसो साथीहरू एकताका लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार छौँ- प्रधानमन्त्री


पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताउँदै सबैलाई एकीकृत गरेर अगाडि बढिने बताएका छन् । 

पोखरामा आज आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफू निरन्तर जनक्रान्तिमा रहेको स्पष्ट पार्दै सबै माओवादी धारहरूलाई एकीकृत हुन आग्रह गरे । 

“फुटेका सबैजसो साथीहरू एकता लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार भएर बसेका छौँ,” अध्यक्ष प्रचण्डले भने, “म जनक्रान्तिकै बाटोमा छु, चुनवाङकै बाटोमा छु,  हिजो प्रचण्डबाट क्रान्ति भएन भनेर उहाँहरू छुट्टिनुभयो, त्यो बाटो सही साबित भएन, हामी सही छौँ । हिजो अलग भएका साथीहरू आउन तयार हुनुहुन्छ । म उहाँहरूलाई स्वागत गर्न तयार छु ।”

बुर्जुवा गणतन्त्रमा समावेशी एवं समानुपातिक नहुने उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र बुर्जुवा चरित्रको नभएको स्पष्ट पारे ।

सुशासन, सामाजिक न्याय र समृद्धिको अर्थ समाजवाद आधार तयार पार्नु आजको आवश्यकता भएको औँल्याउँदै प्रधानमन्त्रीले आफूहरू दृढतापूर्वक त्यस काममा लागिपरेको बताए । उनले पार्टीलाई एकीकृत गरे अगाडि बढ्ने गरी वातावरण बनाउन र त्यसलाई सही निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...