Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
भारतको लोकसभा निर्वाचन: एक्जिट पोलमा मोदीलाई फराकिलो बहुमत ! - Gyaan Ghar

Gyaan Ghar

Advertisement

भारतको लोकसभा निर्वाचन: एक्जिट पोलमा मोदीलाई फराकिलो बहुमत !


काठमाडौँ । भारतमा लोकसभाको सात चरणको मतदान आज सकिएसँगै विभिन्न एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अत्यधिक बहुमत ल्याउने अनुमान गरेका छन् ।

एक्जिट पोलले बिजेपी नेतृत्वको एनडीए गठबन्धनले करिब ३५० सिट जित्ने अनुमान गरेका छन् । ५४३ सदस्यीय लोकसभामा बहुतका लागि २७२ सिट आवश्यक पर्दछ ।

२०१९ को लोकसभामा बिजेपीले २९३ सिट जितेको थियो भने एनडीए गठबन्धनले ३४२ सिट जितेको थियो । यस निर्वाचनमा पनि एक्जिट पोलले एनडीएले २०१९ को भन्दा बढी सिट जित्ने अनुमान गरेका छन् ।

न्युजनेसनको एक्जिट पोलले एनडीएले ३४२ देखि ३७८ सिट जित्ने अनुमान गरेको छ भने इन्डिया गठबन्धनले १५३ देखि १६९ सिट जित्ने अनुमान गरेको छ । त्यसै गरी इन्डिया न्युजको एक्जिट पोलले एनडीएले ३७१ सिट जित्ने अनुमान गरेको छ भने इन्डिया गठबन्धनले १२४ सिट जित्ने अनुमान गरेको छ ।

त्यस्तै रिपब्लिक म्याट्रिजको एक्जिट पोलले एनडीएले ३५३ देखि ३६८ सिट जित्ने अनुमान गरेको छ भने इन्डिया गठबन्धनले ११८ देखि १३३ सिट जित्ने अनुमान गरेको छ ।

त्यस्तै इन्डिया टुडे-एक्सिस एक्जिट पोलले एनडीएले करिब ३३१ सिट जित्ने अनुमान गरेको छ भने इन्डिया गठबन्धनले करिब १९५ सिट जित्ने अनुमान गरेको छ ।
विभिन्न एक्जिट पोलले उत्तर प्रदेश, विहार जस्ता ठुला राज्यमा बिजेपीले नै धेरै सिट जित्ने अनुमान गरेका छन् ।

सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको नतिजा जुन ४ मा अर्थात् आगामी मङ्गलवार आउँदै छ ।  

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...