health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । सयौँ महिलालाई यौन उत्पीडन गरेको आरोप लागेका भारतका जेडीएस नेता प्रज्ज्वल रेवन्ना पक्राउ परेका छन् ।
जर्मनीबाट फर्किएर भारत आउँदै गरेका रेवन्नालाई बैंगलोर विमानस्थलमा विशेष अनुसन्धान टोली (एसआईटी) ले पक्राउ गरेको हो । उनलाई आज अदालतमा पेस गरिने भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
प्रज्जवल रेवन्ना सेक्स भिडियो काण्डका मुख्य अभियुक्त हुन् । एसआईटीले प्रज्ज्वललाई विमानमा चढ्ने क्रममा निगरानी गर्न एयरलाइन्स र अधिकारीहरूसँग पहिले नै समन्वय गरिसकेको थियो ।
यौन उत्पीडनको आरोपमा परेका प्रज्वलले यसअघि नै भिडियो सन्देश जारी गर्दै मे ३१ मा भारत फर्कने घोषणा गरेका थिए । त्यसपछि एसआईटी बैंगलोर अन्तर्राष्ट्रिय विमानस्थलमा रेवन्नालाई पक्राउ गर्न तयार थियो। हालै इन्टरपोलले रेवन्ना विरुद्ध ब्लु कर्नर नोटिस जारी गरेको थियो ।
यसअघि बिहीबार कैयौँ महिलामाथि यौन शोषणको आरोप लागेका जनता दल (धर्मनिरपेक्ष) का निलम्बित नेता प्रज्ज्वल रेवन्ना विरुद्ध सयौँले प्रदर्शन गर्दै पीडितलाई न्यायको माग गरेका थिए । कार्यक्रममा प्रदेशभरका महिला, मजदुर, किसान र दलितको सहभागिता थियो ।
हसन लस सिटबाट लोकसभामा एनडीए उम्मेदवार समेत रहेका रेवन्ना आरोप लगत्तै विदेश फरार भएका थिए । उनी विरुद्ध हालसम्म दुई वटा यौन शोषणको मुद्दा दर्ता भइसकेको छ । यसैबिच रेवन्नाका वकिलले बलात्कार मुद्दामा विशेष अदालतमा अग्रिम धरौटीका लागि निवेदन दिएका थिए, जुन खारेज भएको थियो ।