health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बसेको बैठकलाई नेपाली काँग्रेसले अवरोध गरेको हो ।
बैठक सुरु हुनासाथ काँग्रेसका सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।
राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गरेपछि धन्यवाद दिने प्रस्ताव पारित गर्न बसेको बैठक काँग्रेसले अवरुद्ध गरेको छ ।
काँग्रेसले राष्ट्रिय सभामा सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म संसद्को कुनै कारबाही अगाडी बढ्न नसक्ने जनाएको छ ।
काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको अर्को बैठक जेठ ३ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।