Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordfence domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121
‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सिपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी - Gyaan Ghar

Gyaan Ghar

Advertisement

‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सिपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी

काठमाडौँ । सामुदायिक विद्यालयका विद्यार्थीहरूमा जीवनोपयोगी सिप र सिर्जनात्मक क्रियाकलाप देखिनु ‘शिक्षामा सिप’ कार्यक्रम नतिजा भएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रतिक्रिया दिएका छन् ।

‘शिक्षामा सिप’  कार्यक्रमअन्तर्गत कक्षा ९ र १० का ‘स्केचिङ् एन्ड स्कप्चर’ विषयका विद्यार्थीले कोरेका चित्र र बनाएका मूर्तिहरूको अवलोकन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । त्यस क्रममा उहाँले सामुदायिक विद्यालयमा स्केचिङ् र स्कप्चरको सिप सिकाउने शिक्षकहरूसँग विद्यार्थीहरूको रुचि, शिक्षकको सिप सिकाउने विधि, अहिले विद्यार्थीले हासिल गरेको सिपको स्तरोन्नतिका विषयमा जानकारी लिएका थिए । ‘विद्यालयमा सिप सिकेका विद्यार्थीहरूलाई, एक वडा, एक उद्यम कार्यक्रमसँग जोड्न सकिन्छ ।’ उनले माटोका भाँडा बनाउने विद्यार्थीहरूको सिपको प्रसङ्ग जोड्दै भने, ‘वडा नं. ५ मा व्यावसायिक उत्पादनको तहमा पुगेको माटोका भाँडा बनाउने कार्यक्रमसँग जोड्न सकिन्छ ।’

प्रदर्शनीको समापन अवसरमा बोल्दै उपप्रमुख सुनिता डङ्गोलले भनिन्, ‘विद्यार्थीहरूले जे गर्नुभएको छ, त्यही नै उत्कृष्ट छ । म निपुण भएपछि मात्र बाहिर आउँछु भनेर सोच्न थालियो भने सधैँ भित्रको भित्रै थुनिने हुन सक्छ ।’ उहाँले थप्दै भने, ‘विद्यार्थीहरूले रेखा कोर्न मात्र होइन, कलात्मक रेखा कोर्नुभएको छ । कोरिएका रेखाभित्र रङ्ग लगाउनु मात्र भएको छैन, कुन ठाउँमा कस्तो रङ्ग लगाउने भन्ने ज्ञानमा व्यवहार गर्न सक्ने हुनुभएको छ । यो हाम्रा लागि उत्कृष्ट नतिजा हो ।’ 

‘विद्यालयमा सञ्चालन गरिएका सिपमूलक कार्यक्रमबाट विद्यार्थीहरू आफ्नो अन्तर्निहित क्षमता चिन्न सक्ने भएका छन् । यसरी पहिचान गरिएको   क्षमताको उपयोग गर्ने विधि छान्न सक्ने भएका छन् ।’ अवलोकनपछि उनीहरूले दिनुभएको साझा प्रतिक्रिया हो । 

शिक्षा विभागले ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा वैशाख २८ गतेदेखि प्रतिष्ठानकै कक्षमा चित्र र मूर्ति प्रदर्शनी गरेको थियो । 

यो प्रदर्शनी प्रतिष्ठान र महानगरपालिकाको सहकार्यको नतिजा हो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भने, ‘सामुदायिक विद्यालयहरूका विद्यार्थीहरूमा सिर्जनात्मक सिप विकासका कार्यक्रमसँगै नगर सुन्दरताका लागि कलाको उपयोगका लागि सहकार्य बढाउँदै लैजान तयार छौँ ।’

प्रतिष्ठानका वास्तुकला तथा सिर्जनात्मक कला विभागका प्रमुख सौर गङ्गा दर्शनधारीका अनुसार प्रदर्शनीमा ६२४ वटा चित्र र करिब करिब ६ सय वटा मूर्ति राखिएका थिए । चित्रहरूमा जनजीवन, पेसा, प्रकृति, जमिन, जनावर, चराचुरुङ्गी र पोर्टेट चित्रहरू थिए । पोर्टेट चित्रमा महानगरपालिकाका प्रमुख शाह, साहित्यकार स्व. बालकृष्ण सम, खेलाडीहरूका चित्र थिए । 

यस्तै मूर्तिकलामा धेरैजसो फूलदानी र बिर्को भएका भाँडाकुँडा थिए । यस्तै बालबालिकाले घरमा खेलौनाका रूपमा प्रयोग गर्ने आकृतिहरूमा बिरालो, मुसो, मृग, दैनिक जीवनमा आवश्यक पर्ने खाना बनाउने चुलो, तरकारी पकाउने कराही, खाना पकाउने भाँडाहरू थिए । 

महानगरपालिकाको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाका अनुसार विद्यार्थीहरूको सङ्ख्या, रुचि, विद्यालयको परिवेशजस्ता सूचकका आधारमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरू समावेश गरेर एउटा विद्यालयमा एउटा बाल समूह र विभिन्न १५ वटा उपसमूह गठन गरिएका छन् । 

यस्तै कक्षा ९ र १० का विद्यार्थीका लागि सञ्चालित ‘शिक्षामा सिप’ कार्यक्रमअन्तर्गत १० वटा विधा राखिएका छन् । यसरी राखिएका विधामध्ये स्केचिङ् एन्ड स्कप्चर विषयमा ९० घण्टाको तालिम विद्यार्थीहरूले बनाएका चित्र तथा आकृति कला प्रदर्शनमा राखिएका थिए ।

यसमा विश्व निकेतम मा. वि., रत्नराज्य मा. वि., ज्ञानोदय मा. वि., तरुण मा. वि., गीतामाता मा. वि., कन्या मन्दिर मा. वि., सहिद शुक्र मा. वि., पद्मकन्या विद्याश्रम मा. वि., र कोटेश्वर सरस्वती मा. वि. गरी ९ वटा विद्यालयका कला समावेश थिए । यी ९ वटा विद्यालयका १९ समूहमा सिप सिकाइ कार्यक्रम भएको थियो । 

प्रतिक्रिया दिनुहोस

राजनीति

त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजबाट अनलाइनबाट लिन सकिने

त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजबाट अनलाइनबाट लिन सकिने

काठमाडौँ, २  वैशाख । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनला...
काठमाडौँ उपत्यका वायु प्रदूषणको उच्च जोखिममा

काठमाडौँ उपत्यका वायु प्रदूषणको उच्च जोखिममा

काठमाडौँ उपत्यका एक पठारजस्तै रूपमा रहेको छ। जाडो र सुक्खा मौसम बढेसँगै तराईका क्षेत्रहरूमा पराल र भुसको प्रयोग ...
सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो

सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो

काठमाडौँ, २२ चैत । सजिवन अर्थात् ड्रमस्टिकलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ किनभने यसमा प्राकृतिक पोषक तत्त्व ...
हुथीकाे एक निशानामा अमेरिकाको ३.४० अर्बको सम्पत्ति नष्ट, १०० बढी जहाज ध्वस्त

हुथीकाे एक निशानामा अमेरिकाको ३.४० अर्बको सम्पत्ति नष्ट, १०० बढी जहाज ध्वस्त

यमन, २० चैत । यमनमा हुथी विद्रोही विरुद्ध अमेरिकाको सबैभन्दा ठुलो कारबाही जारी राखेको छ ।   यसैबिच ...