Gyaan Ghar

Advertisement

केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउँदै


काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ ।

बिहीबार सर्वोच्च अदालतमा बहस सकिएपछि न्यायाधीश सञ्जीव खन्नाले शुक्रवार फैसला सुनाउने बताएका हुन् ।

गत मार्च २१ मा प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहेका केजरीवाललाई पटक पटक म्याट थप गर्दै हिरासतमा राखिएको छ । तल्लो अदालत र उच्च अदालतले अन्तरिम जमानत दिन अस्वीकार गरेपछि केजरीवाल सर्वोच्च अदालत गएका थिए ।
बिहीबारको बहसमा ईडीले सर्वोच्च केजरीवालको अन्तरिम जमानत याचिकाको विरोध गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

ईडीले चुनाव प्रचारका लागि कुनै पनि नेतालाई अन्तरिम जमानत दिन नहुने बताएको छ ।

अरविन्द केजरीवाललाई दिल्लीको मदिरा नीतिसँग सम्बन्धित कथित घोटाला प्रकरणमा मार्च २१ मा पक्राउ गरिएको थियो । मङ्गलवार दिल्ली अदालतले केजरीवालको न्यायिक हिरासतलाई मे २० सम्म बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

आगलागीको अफवाह पछि रेलबाट हाम फाल्दा मुम्बइमा मृत्युको हुनेकाे सङ्ख्या १३ पुग्यो

आगलागीको अफवाह पछि रेलबाट हाम फाल्दा मुम्बइमा मृत्युको हुनेकाे सङ्ख्या १३ पुग्यो

मुम्बई, १० माघ । महाराष्ट्रको जलगाउँमा एउटा अफवाहले १३ जनाको ज्यान लिएको छ ।   बुधवार साँझ उत्तर महाराष्ट्र...
रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

काठमाडौँ - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढङ्गले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर...
इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

गाजा, ९ माघ । इजरायली जेलबाट मुक्त हुनेमा एक प्यालेस्टाइनी वामपन्थी नेता पनि रहेकी छिन् । उनको नाम खालिदा जरार हो, ...
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसद्को ४७ औँ राष्ट्रपतिको रूपमा ...