Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
उपेन्द्र यादवको अलमल ! - Gyaan Ghar

Gyaan Ghar

Advertisement

उपेन्द्र यादवको अलमल !


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमै रहने की बाहिरिने भन्ने विषयमा अन्योलमा परेको देखिएको छ ।

बुधवार पत्रकार सम्मेलन गरेर सरकारमै रहने बताए पनि उनको आगामी योजना स्पष्ट देखिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा जसपा नेपाल फुटाइएको स्पष्ट भएपछि पनि उपेन्द्र यादवले सरकार छोड्ने साहस गर्न सकेनन् । उनले जसपा नेपालले वैकल्पिक गठबन्धन बनाउन थालेको कु प्रचार गरेर पार्टी विभाजन गरिएको बताए पनि सरकारमा रहने या बाहिरिने भन्ने बारे अन्योलमै रहेको देखिए । उनले पत्रकार सम्मेलनमा आफूहरू सरकारमै रहेको बताउँदै नयाँ दल गठनको प्रक्रिया असंवैधानिक रहेको जिकिर गरे । उनले यसका लागि अदालत जाने पनि बताए ।

तर सत्ता समीकरणकै प्रमुख दलका नेताहरूको अग्रसरतामा आफ्नो पार्टी विभाजित भएपछि उपेन्द्रका आगामी दिन सत्ता सहकार्यको हिसाबले सहज देखिएका छैनन् ।

उनी अमेरिका भ्रमणमा रहेको बेला यता दल विभाजन गरेर हतार हतार प्रमाण पत्र समेत दिइएको अवस्थामा उनी फर्किएपछि सरकारबाट अलग हुन्छन् भन्ने अनुमानको विपरीत हुने सरकारमै रहने र आफू अर्को गठबन्धन बनाउन नलागेको स्पष्टीकरण दिइरहे ।

प्रतिनिधिसभामा १२ सांसद भएको जसपा नेपालका ७ जना सांसदसहित अशोक राईले जसपा गठन गरेपछि उपेन्द्रको संसद्मा हैसियत कमजोर बनेको छ । उनले आफू विदेश भ्रमणमा गएका बेला नयाँ समीकरण बनाउने हल्ला चलाएर विभाजन गरिएको आरोप लगाए । 

राई नेतृत्वले प्रतिनिधिसभाका ७ सांसद लिएर गए पनि मधेस प्रदेशमा भने उपेन्द्र यादवकै पकड देखिने भएको छ । मधेस प्रदेशबाट वीरगन्ज महानगरका मेयर राजेश सिंह राई नेतृत्वमा गएका छन् भने प्रदेशसभाका सांसदले भने अहिलेसम्म उपेन्द्र यादवलाई नै साथ दिएको देखिन्छ ।

उपेन्द्रले केन्द्रमा हैसियत घटे पनि मधेस प्रदेशमा आफ्नो पकड कायम राख्न समेत अलिकति डिफेन्सिभ देखिएको विश्लेषण गरिएको छ । केन्द्रमा सत्ताबाट हट्नासाथ मधेस प्रदेशको सरकार समेत जाने सक्ने भएकाले उनले ठोस निर्णय लिन समय लिएको बुझ्न सकिन्छ । १०७ सदस्यीय मधेस प्रदेशमा जसपा नेपालका १९ सांसद छन् ।

मदेसको प्रदेश सभामा जसपा नेपाल तेस्रो ठुलो दल हो । अहिले एमाले- माओवादीसहितको गठबन्धनमा जसपाले सरकारको नेतृत्व गरिरहेको र केन्द्रमा सरकार छोड्ने बित्तिकै मधेसको सरकार ढल्ने देखिन्छ ।

जसपा नेपालले काङ्ग्रेससँग गठबन्धन गरे पनि बहुमत पुर्‍याउन जनमत पार्टी वा एकीकृत समाजवादीको समर्थन आवश्यक पर्दछ । मधेसमा जनमत पार्टी र जसपा नेपाल आमने सामने रहेकाले तत्काल एक ठाउँमा आउने सम्भावना देखिँदैन । सोही कारणले पनि उपेन्द्र यादव डिफेन्सिभ देखिएका छन् । 

जसपा फुट प्रकरणमा सत्ता समीकरणका शीर्ष नेताहरूको भूमिका लुकेको छैन । यो उपेन्द्र यादवले राम्रो सँग बुझेका छन् । तर मदेसको नेतृत्व गुमाउने डर उपेन्द्रमा देखिएको छ । अबका दिनमा उनले केन्द्रको सत्ता छोड्नु पर्ने अवस्थामा काङ्ग्रेससँग हात मिलाएर जनमत र लोसपा समेतलाई साथ लिने प्रयास गर्ने गर्नुपर्ने देखिन्छ । उनले भनेको न्यायिक लडाई आफ्नो ठाउँमा छ र यो प्रक्रिया तुरुन्त नजिता दिने किसिमको देखिँदैन । त्यसैले उपेन्द्र यादवले तत्काल के गर्ने स्पष्ट नभएको अवस्थामा अदालत जान्छौँ, हामी सरकारमै छौँ भनेर नयाँ रणनीति बनाउने समय लिएको देख्न सकिन्छ ।

जसपा नेपाल फुटाएर माधव नेपालको बार्गेनिङ पावर घटाउने देखि जसपा नेपाललाई साइजमा ल्याएर सम्भावित समीकरण फुट्न बाट जोगाएको छैन, काँग्रेसले बनाउन खोजेको वैकल्पिक समीकरणको सम्भावनालाई समेत तुहाइदिएको छ ।

यस्तो अवस्थामा उपेन्द्र यादवले कस्तो निर्णय लिन्छन् र आफ्नो राजनीतिक भविष्य बचाउँछन् भन्ने सबैको चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...