Gyaan Ghar

Home

Advertisement

सुनकोसी डाइभर्सनको निरीक्षणपछि बाबुराम भन्छन्- कृषि क्रान्ति नै देशको समृद्धिको पहिलो आधार


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषि क्रान्ति नै हाम्रो दिगो आर्थिक समृद्धिको पहिलो आधार भएको टिप्पणी गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले बुधवार ‘ब्रेक थ्रु’ भएको सुनकोसी मरिण डाइभर्सन सुरुङको स्थलगत निरीक्षणपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै  जमिन र पानी सबभन्दा ठुलो प्राकृतिक श्रोत र कृषि नै अझै मुख्य रोजगारी भएको देशमा कृषि क्रान्ति नै हाम्रो दिगो आर्थिक समृद्धिको पहिलो आधार भएको बताएका हुन् ।

उनले भनेका छन्-

सुनकोसी-मरिण डाइभर्सन प्रोजेक्टको सुरूंग निर्माणको सफलता सबैका निम्ति खुसीको कुरा हो । यस सन्दर्भमा हामीले ध्यान दिनुपर्ने सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने जमिन र पानी सबभन्दा ठुलो प्राकृतिक श्रोत र कृषि नै अझै मुख्य रोजगारी भएको देशमा कृषि क्रान्ति नै हाम्रो दिगो आर्थिक समृद्धिको पहिलो आधार हो ।

तराई-मधेसमा खेतीयोग्य जमिन धेरै भएको र पूर्व-पश्चिम महाभारत शृङ्खला भएर बग्ने कोसी,गण्डकी र कर्णाली नदीका शाखाहरू नै सिँचाइयोग्य पानीको सबभन्दा ठुलो श्रोत भएकाले ती नदीको पानीलाई तराई-मधेसमा डाइभर्सन गर्ने परियोजनालाई नै हामीले उच्च प्राथमिकता दिनुपर्छ ।

मेरो पालामा राष्ट्रिय गौरवका योजना घोषणा गर्दा त्यसैलाई प्राथमिकता दिइएको तर अहिलेसम्म तिनको प्रगति मन्द हुनु दुःखद छ।चुरेको फेदीबाट पूर्व-पश्चिम नहर निर्माण गरेर तराई – मधेसमा कृषि क्रान्ति गर्न सके देशमा खाद्य सुरक्षाको दिगो प्रत्याभूति हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

फ्रान्सको कब्जामा रहेको न्यु क्यालेडोनिया टापुमा हिंसात्मक प्रदर्शन,   ५ जनाको मृत्यु

फ्रान्सको कब्जामा रहेको न्यु क्यालेडोनिया टापुमा हिंसात्मक प्रदर्शन,   ५ जनाको मृत्यु

काठमाडौँ । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको न्यु क्यालेडोनिया टापुमा मतदानको नियमलाई लिएर...
आमा

आमा

रबी पौडेल धर्तीको न्यानो कपासचन्द्रमाको जस्तो मुहारसूर्यको जस्तो किरणबयान गरेर साध्य छैननाम हो ,धर्तीकी रानी आमा ! भो...
प्रतिनिधिसभाको बैठक आज पनि

प्रतिनिधिसभाको बैठक आज पनि

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बिहीबार भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधका क...
काँग्रेसले असंसदीय व्यवहार गर्‍यो- एमाले

काँग्रेसले असंसदीय व्यवहार गर्‍यो- एमाले

काठमाडौँ । नेकपा एमालेले प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद्मा असंसदीय व्यवहार गरेको आरोप लगाएको छ । एमालेका प्रमुख सचेत...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search