health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, २५ वैशाख । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालेको छ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मङ्गलवार बसेको पार्टी सचिवालय बैठकले सरकारमा पार्टी सहभागितालाई निरन्तरता दिने निर्णय गरेको हो। मुलुकमा विकसित राजनीतिक घटनाक्रमहरूलाई गहिरो विश्लेषण गर्दै सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
‘आज विकसित भएका राजनीतिक घटनाक्रमहरू समसामयिक परिस्थितिमा विकसित भएका घटनाक्रमहरूलाई पार्टीले गहिरो पूर्वक अध्ययन तथा विश्लेषण गरेको छ । र, यो परिस्थितिमा धेरै नै जिम्मेवारीपूर्वक आफ्ना कदमहरूलाई अघि बढाउने भन्ने हामीले निष्कर्ष निकालेका छौँ। आज हामी सरकारमा छौँ । सरकारमा हाम्रो निरन्तरता रही नै रहनेछ,’ उनले भने।
त्यसै गरी बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सहभागी हुन र संसद्मा प्रभावकारी भूमिका खेल्न पनि पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ। बैठकमा नेताहरूले पार्टी भित्रको एकतालाई अझ बलियो बनाउनुपर्नेमा पनि जोड दिएका छन्।