Gyaan Ghar

Home

Advertisement

नयाँ समीकरण बनाउने चर्चा निराधार हो : नेकपा एस


काठमाडौं, २४ वैशाख । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस) ले पार्टीभित्र अन्तर्विरोध नभएको बताउँदै नयाँ समीकरण बनाउने चर्चा पनि निराधार रहेको जनाएको छ। जनता समाजवादी पार्टी विभाजनका सन्दर्भमा नेकपा एसले आफ्नो पार्टी पनि वैकल्पिक समीकरणको कसरतमा लागेको भन्ने आरोपलाई खण्डन गर्दै वर्तमान सत्ता समीकरणप्रति प्रतिबद्ध भएको जनाएको हो।

नेकपा एसको सोमबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालले सरकारका कतिपय काम कामप्रति असन्तुष्टि भए पनि वैकल्पिक समीकरण बनाउने खोजेको भन्दै गलत प्रचार गरिएको बताए।

‘म, शेरबहादुर देउवा र उपेन्द्र यादवबिच वैकल्पिक समीकरण बनाउनेबारे छलफल नै भएको छैन। अर्को समीकरण बनाउन खोजेको भन्ने हल्ला गलत हो,’ उनले भने, ‘सत्तारुढ दलमा समस्या भए छलफल गरेर समाधान गरिनुपर्छ। यो समीकरणको विकल्पमा जाने होइन, बरु उत्पन्न समस्या छलफलबाट समाधान गरेर जानुपर्छ।

संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले बैठकपछि जारी विज्ञप्तिमा संसदीय दलमा कुनै समस्या नभएको बताएका छन्। ‘यस बिचमा संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरू गलत रहेको र त्यस्ता भ्रमहरूमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

फ्रान्सको कब्जामा रहेको न्यु क्यालेडोनिया टापुमा हिंसात्मक प्रदर्शन,   ५ जनाको मृत्यु

फ्रान्सको कब्जामा रहेको न्यु क्यालेडोनिया टापुमा हिंसात्मक प्रदर्शन,   ५ जनाको मृत्यु

काठमाडौँ । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको न्यु क्यालेडोनिया टापुमा मतदानको नियमलाई लिएर...
आमा

आमा

रबी पौडेल धर्तीको न्यानो कपासचन्द्रमाको जस्तो मुहारसूर्यको जस्तो किरणबयान गरेर साध्य छैननाम हो ,धर्तीकी रानी आमा ! भो...
प्रतिनिधिसभाको बैठक आज पनि

प्रतिनिधिसभाको बैठक आज पनि

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बिहीबार भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधका क...
काँग्रेसले असंसदीय व्यवहार गर्‍यो- एमाले

काँग्रेसले असंसदीय व्यवहार गर्‍यो- एमाले

काठमाडौँ । नेकपा एमालेले प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद्मा असंसदीय व्यवहार गरेको आरोप लगाएको छ । एमालेका प्रमुख सचेत...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search