health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ ।
सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने ७ सांसदहरू राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् । साथै उनीहरूसँग २९ जना केन्द्रीय सदस्य रहेको बताइएको छ ।
अहिले जसपा फुट्नुलाई स्वाभाविक रूपमा विश्लेषण गर्न सकिँदैन । सत्ता गठबन्धन टुटको सङ्घारमा रहेको अवसरमा जसपा विभाजित हुनु संयोग मात्र मान्न नसकिने विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ ।
हालको सत्ता समीकरणसँग १५९ मत रहेको र जसपा र एकीकृत समाजवादीले सरकार छोडेमा अल्पमतमा पर्ने अवस्था रहेकोमा जसपा विभाजन भएको छ । यति मात्र होइन बजारिया हल्लालाई विश्वास गर्ने हो भने एकीकृत समाजवादी समेत विभाजनको स्वर सुनिन थालेको छ । अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफू सन्तुष्ट नभएको र कुनै पनि बेला गठबन्धन टुट्न सक्ने सार्वजनिक रूपमा बयान दिँदै आएका छन् भने सम्मानित नेता झालनाथ खनालले उनको विपरीत बयान दिँदै आएका छन् ।
नेपालको गठबन्धन टुट्ने चेतावनीले झस्किएको सत्ता समीकरण खास गरी गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीले जसपालाई विभाजन गरेर बहुमत पुर्याउने कसरत गरेको विश्लेषण सुरु भएको छ । यद्यपि यो आरोप अहिले नै सही हो भन्न हतार हुन्छ ।
जसपा र एकीकृत समाजवादीको २२ मत घट्दा सरकार अल्पमतमा पुग्ने भएपछि जसपाका ७ सांसदलाई अलग गरेपछि अब सरकार प्राविधिक रूपमा बहुमतमा रहने बुझाई प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको रहेको बुझ्न सकिन्छ । यसले माधव नेपालले गठबन्धनमा पारेको दबाब कम हुने र सम्भवतः उनलाई गठबन्धनबाट अलग गराउन सजिलो हुने देखिएको छ । जसपा विभाजनको असर अब सबैभन्दा पहिला सुदूरपश्चिममा देखिने बुझ्न सकिन्छ । सुदूरपश्चिममा एकीकृत समाजवादीका मुख्यमन्त्री दिर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत दिन आनाकानी गरिरहेको बेला केन्द्रमा भएको यो घटनाक्रमले अब उनको पद धरापमा पर्ने देखिएको छ । एमाले सुरु देखि नै सोडारीको विरोधमा रहेको अवस्थामा अब माधव नेपालको चेतावनीलाई ह्यान्डल गर्न सकिने अवस्था बनेपछि एमाले विश्वासको मत दिन बाध्य नहुने अवस्था देखिएको छ ।
अहिलेको सत्ता समीकरणमा नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २१, नयाँ जसपाका ७, नाउपाका ४ गरी १४२ मत हुन्छ जुन बहुमतका लागि पर्याप्त हुन्छ । यसले एकीकृत समाजवादी र जसपाको उपेन्द्र यादव पक्षले सरकार छोडे पनि गठबन्धनलाई कुनै असर नपर्ने देखिन्छ ।
जसपा फुटाउने रणनीतिले अहिलेको सत्ता समीकरण बच्ने मात्र होइन यसले धेरै तिर निशाना लगाएको देखिन्छ । पहिलो सत्ता समीकरण बच्ने, दोस्रो माधव नेपालको धम्कीको औचित्य सकिने, तेस्रो काँग्रेसले बनाउन खोजेको वैकल्पिक गठबन्धन समेत बन्न नसक्ने ।