health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया आफ्नो नागरिकताका विषयमा अनुसन्धान गर्न चुनौती दिएका छन् । एक विज्ञप्ति जारी गर्दै सिरोहियाले शङ्का लागेमा नागरिकता बारे अनुसन्धान गर्न चुनौती दिएका हुन् ।
धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता किर्ते रहेको भन्दै उजुरी दर्ता भएपछि उनले आफ्नो नागरिकताबारे स्पष्ट गर्दै शङ्का लागे अनुसन्धान गर्न चुनौती दिएका छन् ।
उनले भनेका छन्- ‘मैले २०३४ मा नागरिकता लिएकामा नेपाली कागजको प्रति पुरानो भएकाले २०१७ मा प्रतिलिपि लिएको हुँ । जसमा २०३३र३४ को प्रतिलिपिअनुसार’ भनेर स्पष्ट उल्लेख छ । नम्बर पनि उही छ, मैले अरू नागरिकता लिएको छैन ।’
उनले अगाडी भनेका छन्- ‘त्यस्तै हिमालयन रि– इन्स्योरेन्सको प्रबन्ध पत्रमा टाइप गर्दा नम्बर गलत भएको कम्पनीले नै जानकारी दिएको छ । अझ, प्रबन्ध पत्रसहित कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाइएको फाइलमा मेरो नागरिकताको प्रतिलिपि नत्थी भएकाले सत्य तथ्य आफैँ स्थापित हुन्छ। राज्यलाई शङ्का लागेमा कुनै पनि विषयमा अनुसन्धान गर्न सक्छ, जिम्मेवार नागरिकका हैसियतमा म हार्दिक स्वागत गर्दछु ।’
उनले कसैको नाम उल्लेख नगरी कान्तिपुरले प्रकाशित गर्दै आएका समाचारबाट अत्तालिएको कोही कसैले ‘स्टन्टबाजी’ गरेर प्रभावित पार्न खोज्छ भने त्यो स्वैरकल्पना मात्र हुने समेत बताएका छन् ।
साथै उनले विज्ञप्तिमा विभिन्न कालखण्डका शासकहरूले विगतमा पनि यस्ता हत्कन्डा गरेको उल्लेख गर्दै कान्तिपुरले गर्दै आएको निर्भीक पत्रकारिता आफैमा पर्याप्त जवाफ भएको उल्लेख गरेका छन् ।