health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । धेरै पटक हामी इन्टरनेट ढिलो भएको पाउँछौँ । इन्टरनेट सुस्त हुनुमा धेरै कारणहरू छन् । कहिले लोकल टावरका कारण कनेक्टिभिटी नहुँदा त कहिले फोन वा लोकल केबलमा गडबडीका कारण ढिलो इन्टरनेटको सामना गर्नुपर्ने हुन्छ ।
पछिल्ला केही दिनदेखि धेरैले इन्टरनेट ढिलो भएको गुनासो गरिरहेका छन् र यो समस्या भविष्यमा पनि रहिरहने सम्भावना छ । समुन्द्र मुनि बिछ्याइएको फाइबर अप्टिकल केबलमा अवोर्ध भएको समाचार आएको छ ।
समुन्द्र मुनि धेरै ठाउँमा फाइबर अप्टिकल केबल बिग्रिएकाले नेपालसहित भारत, पाकिस्तान, सिङ्गापुर लगायत एसियाका धेरै देशहरूमा सुस्त इन्टरनेटको समस्या हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । युरोपेली देशहरू पनि यसबाट प्रभावित हुन सक्छन् ।
प्राप्त जानकारी अनुसार सिङ्गापुरलाई पाकिस्तान र युरोप जोड्ने फाइबर अप्टिक केबल इन्डोनेसिया नजिकका धेरै क्षेत्रमा बिग्रिएर दक्षिण पूर्वी एसिया, मध्यपूर्व र युरोपका इन्टरनेट सेवा प्रभावित भएको छ । यी तार मर्मत गर्न महिनौँ लाग्ने बताइएको छ ।
यस क्षतिका कारण पाकिस्तान टेलिकम कर्पोरेसन लिमिटेड र ट्रान्सवर्ल्डको सेवा ठुलो मात्रामा अवरुद्ध भएको छ । पाकिस्तानका इन्टरनेट प्रयोगकर्ताहरूले यसबारे लगातार गुनासो गरिरहेका छन् ।