health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान सुरु भएको छ ।
निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान सुरु भएको र साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिएको छ ।
इलाम–२ मा एमालेबाट सुहाङ नेम्बाङ, काङ्ग्रेसबाट डम्बरबहादुर खड्का, रास्वपाबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिम उम्मेदवार रहेका छन् ।
त्यस्तै एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेसमबहादुर सुनार नेपाली चुनावी मैदानमा छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारहरू डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी मैदानमा छन् ।
यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् ।
यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाताले वैशाख १५ गते मतदानमा सहभागिता जनाउँदै छन् ।
विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । उनको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
त्यस्तै बझाङको प्रदेश सभामा नेपाली काङ्ग्रेसबाट अभिषेकबहादुर सिंह, एमालेबाट दमन भण्डारी, माओवादी केन्द्रबाट जनक बुढा, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, राप्रपाबाट किशोर खड्का, जनमत पार्टीबाट सुशीला देवी विष्ट, जसपाबाट राम्बहगुर जाग्री, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही, नेपाली जनता दलबाट अशोक सुनार, नेशनल रिपब्लिक नेपालबाट कमल घर्तिमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपक बहादुर खड्का चुनावी मैदानमा रहेका छन् ।
बझाङको प्रदेश सभा उपनिर्वाचनमा ६१ हजार ७४८ मतदाताले मतदानमा भाग लिँदै छन् । उपनिर्वाचनमा बझाङमा ७४ मतदान केन्द्र र ९३ मतदान स्थल रहेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी मृत्यु भएपछि बझाङ निर्वाचन क्षेत्र १ मा उपनिर्वाचन हुने लागेको हो ।
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंबेदनशील
इलाम-२ र बझाङ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन गरिने भएको छ ।
प्रहरी प्रधान कार्यालयले उपनिर्वाचनको सुरक्षाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिँदै उपनिर्वाचनका लागि इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा दुई हजार ३८७ प्रहरी जनशक्ति परिचालन गरेको जानकारी दिएको छ ।
निर्वाचनलाई सफल बनाउनका लागि प्रहरीले इलामका ७९ मतदान स्थलका १४९ मतदान केन्द्रमा एक हजार ३६३ प्रहरी परिचालन गरेको छ भने बझाङ प्रदेशसभा (क) को ७४ मतदान स्थलको ९३ मतदान केन्द्रमा एक हजार २४ प्रहरी परिचालन गरेको छ ।
प्रहरीले इलाम र बझाङमा गरी ५९ अतिसंबेदनशील मतदान केन्द्रको रूपमा छुट्ट्याएको छ । इलाममा ३७ केन्द्रलाई अति संवेदनशील, ४१ केन्द्रलाई संवेदनशील र ७१ केन्द्रलाई सामान्य प्रकृतिको रूपमा लिएको छ । प्रहरीले अति संवेदनशीलमा १२ देखि १७, संवेदनशीलमा नौदेखि १४ र सामान्यमा आठदेखि १३ प्रहरी खटिएको जनाएको छ । त्यस्तै बझाङमा ३२ केन्द्रलाई अति संवेदनशील, ३० केन्द्रलाई संवेदनशील र ३१ केन्द्रलाई सामान्य प्रकृतिको रूपमा रहेको जनाइएको छ ।