health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्ति प्रकरणमा गठबन्धन झन्डै झन्डै टुटेको टिप्पणी गरेका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीले समयमा निर्णय लिएका कारण गठबन्धन टुट्नबाट बचेको बताए ।
अध्यक्ष नेपालले हाल सरकारमा रहेका छ वटै पार्टीलाई समान ढङ्गले मिलाएर अगाडि बढ्नुपर्ने बताए । उनले कुनै एउटा पार्टी बाहिरिँदा सरकार भूँईमै पछारिने स्थिति रहेको बताउँदै उनले कसैले पनि घमन्ड गर्न नहुने बताए । ‘कुनै एउटा पार्टी अलग हुने बित्तिकै सरकार भुईँमै पछारिन्छ । यो कुरा पनि हेक्का राख्नुपर्छ । कोही पनि घमन्डी नहुन्,’– उनले भने ।
एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले भने नेताहरूको दिमागमा घमन्ड सवार भए २०७४ को बहुमतलाई टिकाउन नसकेको टिप्पणी गरेका थिए ।
सम्बोधनका क्रममा अध्यक्ष नेपालले काँग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढ्न नसकिने बताउँदै काँग्रेसलाई शत्रु ठान्नु आफ्नै पार्टीलाई खत्तम पार्नु रहेको बताए ।