health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

वैशाख १४, काठमाडौँ । ‘उत्पादनको क्रममा नै दर्शनको निर्माण तथा विकास हुँदै जान्छ । त्यही अवधिमा संस्कृतिको निर्माण हुन्छ ।’ – दर्शनशास्त्री डा.निमानन्द रिजालले बताए । प्रगतिशील लेखक सङ्घको ७१औँ परिसंवाद कार्यक्रमको अवसरमा उनले सो धारणा राखेका हुन् ।
वैशाख १४ गते बागबजारस्थित प्रलेस कार्यालयमा आयोजित कार्यक्रममा डा.रिजालले भने, ‘समाज विकास र दर्शनबाट मानिसको जीवन निर्धारित हुन्छ ।’ उनले अगाडि भने, ‘उत्पादनकै कारण नयाँ नयाँ संस्कृतिमा मानव समाज जोडिँदै गइरहेको हुन्छ ।’

संस्कृतिको जन्म उत्पादनसँग गाँसिएको हुन्छ भन्दै डा.रिजालले भने, ‘उत्पादनको भौतिक जगत्सँग अन्योन्याश्रित सम्बन्धमा हुन्छ र चेतना पनि भौतिक जगत्सँगको सम्बन्धको उपज हो ।’
‘मानवको उत्पत्तिदेखि आजसम्म आइपुग्दा भौतिक जगत् र जीवनबिचको सङ्घर्षबाट विकसित भएको हो । यसलाई हामी विकसित युग भन्छौ ।’ डा.रिजालले भने, ‘यो युग मानव निर्मित रोबोटहरूले भौतिक रूपमा गरिने श्रमलाई विस्थापित गर्दै छ । यसरी औद्योगिक क्रान्ति बढ्दै जाँदा बेरोजगार संस्कृति बढ्दै गएको छ ।’
‘उत्पादन आफैमा एउटा दर्शन हो जसलाई हामी उत्पादनको दर्शन भन्छौ जो समस्त प्राणी तथा जगत्सँग जोडिएको हुन्छ ।’ दर्शनशास्त्री डा.रिजालले भने, ‘उत्पादनको आधार बिना जीवनको अस्तित्व सम्भव हुँदैन । यो उत्पादन पदार्थमा टिकेको हुन्छ । पदार्थ आफैमा सत्यको अंश हो । यसमा गति हुन्छ ।’

प्रलेसको सचिवालय सदस्य डा.कौशिला रिसालको सञ्चालनमा अगाडि बढेको कार्यक्रमको अध्यक्षता सङ्घका अध्यक्ष डा.मधुसूदन गिरीले गरेका थिए । कार्यक्रमको विषयवस्तुको बारेमा कार्यक्रम संयोजक समीर सिंहले प्रस्ट पारेका थिए ।
परिसंवाद कार्यक्रममा पूर्व अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, आरसी न्यौपाने, बिजुला रायमाझी, यादव उपाध्याय, डा.बालाकृष्ण अधिकारीले पूरक टिप्पणी गरेका थिए ।