health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । आज देखि कक्षा १२ को परीक्षामा सुरु हुँदै छ ।
कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ जना छात्र गरी ३ लाख ९० हजार ८४७ परीक्षार्थी यस परीक्षामा सहभागी हुँदै छन् । अन्य बाँकी एक लाख ६५० भने ग्रेड वृद्धितर्फका विद्यार्थी सहभागी हुँदै छन् ।
७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन हुन लागेको बोर्डले जनाएको छ । यस परीक्षामा सबैभन्दा बढी काठमाडौँमा १४४ र मनाङ र मुस्ताङमा एक-एक परीक्षा केन्द्र तोकिएको छ ।
काठमाडौँमा यस पटक स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकिएको हो । हरेक विद्यालयका परीक्षार्थी सङ्ख्या र परीक्षा केन्द्रको सिट सङ्ख्याका आधारमा तथा विद्यालय र केन्द्रको अक्षांश र देशान्तरका आधारमा दूरी निकालिएको थियो । विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको र एकै विद्यालयको परीक्षार्थी सङ्ख्या हेरी सकभर औसतमा १५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी केन्द्र तोकिएको बोर्डले जनाएको छ । परीक्षा केन्द्र तोक्दा सेटिङ हुने गरेको गुनासो रहेकाले यस पटक काठमाडौँमा स्वचालित रूपमा केन्द्र तोकिएको बताइएको छ ।
परीक्षाको प्रश्न पत्र भने गत वर्ष जस्तै अनलाइनबाट पठाइने बोर्डले जनाएको छ । २०७६ को कोभिड महामारीयता बोर्डले कक्षा १२ को प्रश्न पत्र अनलाइनबाटै पढाउने व्यवस्था गर्दै आएको छ । यस परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति खटिँदै छन् भने १८ हजार ३ सय प्रहरी परिचालन हुने बोर्डले जनाएको छ ।